२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजिल्ला अस्पताल डोल्पालाई प्रेमपुरी बाबाको सहयोग

जिल्ला अस्पताल डोल्पालाई प्रेमपुरी बाबाको सहयोग


वीरेन्द्रनगर– डोल्पा जिल्ला अस्पतालमा महन्त प्रेम पुरी बाबाले तीस थान ब्लाङ्केट सहयोग गरेका छन् । हिँउदको चिसो सुरु भएसँगै बिरामीलाई राहत होस भनेर ब्लाङ्केट सहयोग गरेको महन्त प्रेम पुरी बाबाले सहयोग गरेका हुन् ।
सोमबार श्री वाला त्रिपुरासुन्दरी मन्दिर अक्षयकोष विकास समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्याय, प्रमुख जिल्ला अधिकारी भुमिश्वचर पोख्रेल, वडा अध्यक्ष भक्त भण्डारी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर शाही लगायतको उपस्थितिमा ब्लाङ्केट प्राप्त भएको अस्पतालका डाक्टर अखण्ड उपाध्यायले बताए ।
नेपालकै प्रसिद्ध शक्तिपिठ त्रिपुरासुन्दरी मन्दिरमा केही वर्षदेखि निरन्तर पूजा गर्न आइरहेका महन्त बाबाले यस अघि नै मन्दिरमा ब्लाङ्केट, मन्दिर रंगरोगनका सामाग्रीहरू समेत सहयोग गरिसकेका छन् । यस पटकको दसैँमा पनि त्रिपुराकोटका वृद्धहरुलाई समेत ब्लाङ्केट सहयोग गरेका थिए ।
डोल्पामा महन्त प्रेमपुरी बाबालाई आध्यात्मिक शक्ति भएका महन्तको रुपमा मानिँदै आएको छ ।

क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ