गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रादेशिक अस्पतालमा उपचाररत एक घाइतेको मृत्यु कर्णाली प्रादेशिक अस्पतालमा उपचाररत एक घाइतेको मृत्यु हेल्थ आवाज शुक्रबार, २०८० कात्तिक २४ गते, १२:१३ मा प्रकाशित वीरेन्द्रनगर– कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचाररत एक घाइतेको मृत्यु भएको छ । भूकम्पमा परी घाइते भएका रुकुमपश्चिम चौरजहारी नगरपालिका–१ का ३२ वर्षीय निरोज विष्टको प्रादेशिक अस्पतालमा उपचारका क्रममा शुक्रवार बिहान मृत्यु भएको हो । कार्तिक १७ गते मध्यरातमा जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु मध्यरातमा गएको शक्तिशाली भूकम्पमा परी विष्ट गम्भीर घाइते भएका थिए । भएका कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा विष्टको शुक्रवार बिहान ८ बजेतिर मृत्यु भएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बताए । विष्ट २०७७ भदौ ९ गतेदेखि नगर प्रहरी जवानमा कार्यरत रहेको उनी वडा नम्बर ८ को गोइरी जिउलामा ढुङ्गा, गिट्टी तथा बालुवा नियन्त्रणमा खटिएको बेला घाइते भएको नगरपालिकाले जनाएको छ । मोटरसाइकलमा जाँदै गर्दा माथिबाट पहिरो खस्दा उनलाई टाउकोमा गम्भीर चोट लागेको थियो । विष्टको मृत्युसँगै जाजरकोट केन्द्रबिन्दु भएर मृत्यु हुने सङ्ख्या १५४ पुगेको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति हुम्लाका ६८६ जना किशोरीलाई एचपीभी खोप लगाइने बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका