२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा कुपोषणको दर बढ्दो, खानपानमा सुधार आवश्यक

कर्णालीमा कुपोषणको दर बढ्दो, खानपानमा सुधार आवश्यक


जुम्ला— खाद्यान्न अभाव, अशिक्षा, गरिबी तथा असल खानपानको अभ्यास नभएकै कारण कर्णालीमा कुपोषणको दर बढ्दो छ । सरकारले वि.सं. २०८६ सम्म नेपाललाई पूर्ण पोषणयुक्त मुलुक बनाउने लक्ष्यका साथ बहुक्षेत्रीय पोषण कार्यक्रम लागु गरेको छ ।

यद्यपि उक्त कार्यक्रम उत्पादनमुखी नभई वितरणमुखीमात्रै छ । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) को २०२२ को तथ्यांकअनुसार कर्णालीमा पुडकोपन ३६ प्रतिशत, ख्याउटेपन चार प्रतिशत, कम तौल भएका बच्चा कर्णालीमा १८ प्रतिशत रहेका छन् ।

त्यस्तै, पाँच वर्षमुनिका बालबालिकामा रक्तअल्पता हुने दर ४० प्रतिशत, १५ देखि ४९ उमेर समूहका महिलाको रक्तअल्पता दर २१ प्रतिशत रहेको छ । खाद्यान्न अभाव, बजारमा प्राप्त कम पोषणयुक्त खानाको प्रयोगले कुपोषण बढ्ने गरेको छ ।

कर्णालीलाई कृषिमा आत्मनिर्भर बनाउन ठोस नीति निर्माण र कार्यान्वयनमा प्रदेश र स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने कर्णालीवासीको सुझाव छ ।

जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले खानपानमा सुधार ल्याउन आवश्यक देखिएको बताए । ‘जंकफुडलाई निषेध गरी पोषणयुक्त खानेकुरामा ध्यान दिन आवश्यक छ,’ उनले भने, ‘कुपोषण घट्दो अवस्थामा रहेको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ