२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदुर्गमका महिलालाई सरुवा रोग सम्बन्धी स्वास्थ्य शिक्षा

दुर्गमका महिलालाई सरुवा रोग सम्बन्धी स्वास्थ्य शिक्षा


जुम्ला- हिमा गाउँपालिका–१ आचार्यलिहीका महिलालाई सरुवा रोग सम्बन्धी स्वास्थ्य शिक्षा प्रदान गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्नातक तहअन्तर्गत विपीएच दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले सरुवा रोग सम्बन्धी स्वास्थ्य शिक्षा प्रदान गरेका हुन् ।

समुदायका महिलालाई क्षयरोग, एचआईभी एड्स, झाडापखालाजस्ता सरुवा र नसर्ने रोगका विषयमा स्वास्थ्य शिक्षा प्रदान गरेका हुन् । महिलालाई क्षयरोग, झाडापखाला, एचआईभी एड्सजस्ता रोगको परिचय, कारण, सङ्क्रमणको कारण, लक्षण र रोकथामका उपायबारेमा सचेतीकरण गरिएको हो ।

क्षयरोग, एचआईभी एड्स, झाडापखालाजस्ता अन्य थुप्रै सरुवा रोग सम्बन्धी र यसबाट भावि जीवनमा आउन सक्ने समस्याका बारेमा सचेतनामूलक स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिएको अध्ययनरत विद्यार्थी दिलिप हरिजनले बताए ।

उनले भने, ‘विकट गाउँका महिलालाई सरुवा तथा नसर्ने रोग सम्बन्धी र यसबाट अपनाउनुपर्ने सतर्कता सम्बन्धी सचेतीकरण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।’

कार्यक्रममा सहभागी एक महिलाले आफ्नो राय राख्दै भनेकी थिइन्, ‘हामी गाउँ घरमा मात्रै सिमित महिलालाई एचआईभी एड्स कसरी सर्छ भन्ने थाहा थिएन । यो छलफलपछि सबै जानकारी भयो ।’

विद्यार्थीको शैक्षिक पाठ्यक्रम बमोजिम सञ्चालन गरेता भएपनि यसबाट समुदायस्तरमा सिकाउने अवसर मिलेको बताएका छन् । सुर्यमान कुमाल, दिलीप प्रसाद हरिजन, शमसु जुहा, पुजा कर्ण, यशोदा पाण्डे, लीलावती तिमिल्सिना र मनिषा पौडेल गरी सात जना विद्यार्थीको समूहले सचेतीकरण सञ्चालन गरेको हो । कार्यक्रममा महिला ५८ जना र ३ जना पुरुष गरी ६१ जनाको सहभागिता रहेको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ