२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा साढे दुई वर्षमा ३९ मातृ मृत्यु

कर्णालीमा साढे दुई वर्षमा ३९ मातृ मृत्यु


जुम्ला—कर्णाली प्रदेशभर साढे दुई वर्षमा ३९ जना मातृ मृत्यु भएको पाइएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा मातृ मृत्यु संख्या १७ जना रहेको थियो ।

आर्थिक वर्ष २०७९/०८० मा १६ जना रहेको छ । २०८० पुससम्म ६ जना आमाको मृत्यु भएको तथ्यांकमा देखिन्छ ।

त्यस्तै, कम तौल भएका दुई वर्षमुनिका बालबालिकाको संख्या आर्थिक वर्ष २०७८/०७९ मा ४.१ रहेको थियो । आर्थिक वर्ष २०७९/०८० मा ३.६ रहेको विवरण सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०८०/०८१ को पुस मसान्तसम्म २.७ प्रतिशत बालबालिका कम तौल भएका पाइएका छन् ।

नवजात शिशुको मृत्यु संख्या आर्थिक वर्ष २०७८/०७९ मा दुई जना रहेको थियो । आर्थिक वर्ष २०७९/०८० मा शून्यमा झरेको तथ्यांकमा देखाएको छ । त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ को पुस मसान्तसम्म ६ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका सचिव दीर्घबहादुर पोखरेलले बताए ।

पाँच वर्षमुनिको मृत्यु संख्या आर्थिक वर्ष २०७८/०७९ मा १० जना, आर्थिक वर्ष २०७९/०८० मा आठ जना र २०८०/०८१ मा पुस मसान्तसम्म जम्मा १० जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । कर्णालीमा मातृ मृत्यु र शिशु मृत्युको कारणमा कम उमेरमा विवाह र गर्भधारण, कुपोषणलगायतका समस्या कारकका रुपमा रहँदैं आएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ