२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशखलंगाको नि:शुल्क शिविरमा सात सय बढीको आँखा चेकजाँच

खलंगाको नि:शुल्क शिविरमा सात सय बढीको आँखा चेकजाँच


जुम्ला—जुम्लाको सदरमुकाम खलंगा रहेको चन्दननाथ नगरपालिकाको निःशुल्क शिविरमा सात सय ३९ जनाको आँखा चेकजाँच गरिएको छ । नेपाल नेत्र ज्योती संघ चन्दननाथ आँखा अस्पताल जुम्लाले आयोजना गरेको तीन दिने आँखा शिविरमा उनीहरुको आँखा चेक जाँच गरिएको हो ।

रिड्ले आँखा फाउन्डेशन नेपालको आर्थिक सहयोग र हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा उक्त आँखा शिविर नेत्र ज्योती संघ जुम्लाको प्राङ्गणमा सञ्चालन गरिएको थियो ।

तीन दिनसम्म सञ्चालन भएको आँखा शिविर विशेष गरी जेष्ठ नागरिकलाई मध्यनजर गरेर आँखा शिविर सञ्चालन गरिएको थियो । आँखा शिविरमा ४० वर्षभन्दामाथि उमेर समुहका नागरिकको सहभागिता बढी थियो ।

आँखा शिविरमा सात सय ३९ जनाले आँखाको चेकजाँच गरिएकामध्ये एक सय २७ जनाको आँखा शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति संघ जुम्लाका सचिव दिपेन्द्र विक्रम हमालले बताए । उनले भने, ‘चन्दननाथ आँखा अस्पताललाई स्थापित गर्न सकेको खण्डमा जुम्ला लगायत छिमेकी जिल्लालाई समेत टेवा पु¥याउन सकिनेछ ।’

शिविरमा डा. कृष्णा गुरुङ र राजेश शर्माले आँखा शिविरमा चेकजाँच तथा शल्यक्रिया गरेका हुन् । चन्दननाथ आँखा अस्पतालका आँखा कार्यकर्ता पर्यवेक्षक दलबहादुर महताराले आँखा शिविरमा सोचे भन्दा बढी मानिसहरुले लाभ लिएको बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ