२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतमा क्यान्सरका बिरामी बढ्दैं

सुर्खेतमा क्यान्सरका बिरामी बढ्दैं


वीरेन्द्रनगर—सुर्खेत जिल्लामा क्यान्सर रोगका बिरामी बर्षेनी थपिँदै गएका छन् । चालु आर्थिक वर्ष २०८०÷८१ मा सुर्खेत जिल्लामा ११० जना क्यान्सरका बिरामी फेला परेका हुन् ।

यो वर्ष जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतबाट ५० जनाले प्रतिव्यक्ति २० हजारका दरले सहुलियत यातायात खर्च लिएका छन् । अन्य ६० जनाले सहुलियत लिनका लागि निवेदन पेस गरेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।

पछिल्लो समय नसर्ने रोगका बिरामी बढ्न थालेका र त्यसमध्ये पनि क्यान्सर रोगका बिरामीको सङ्ख्या धेरै रहेको कार्यालयका सूचना अधिकारी घनश्याम बुढाले बताए ।

सरकारले क्यान्सर उपचारका लागि आर्थिक सहुलियत उपलब्ध गराउने गरेको छ । उपचारमा सहुलियत पाउन थालेपछि बिरामी पनि खुल्न थालेका छन् । उपचारका लागि स्वास्थ्य संस्था पुग्नेको सङ्ख्या पनि वृद्धि भएको छ ।

सुर्खेतका नौ वटै स्थानीय तहमा क्यान्सरका बिरामी भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्रदेव गिरीले क्यान्सरका बिरामी बढेको बताए ।

यो वर्ष वीरेन्द्रनगरबाट १३६ जनाले उपचारमा सहुलियतका लागि सिफारिस लिएका छन् । लेकबेसी नगरपालिकाबाट यो वर्ष ३५ जना क्यान्सरका बिरामीले उपचारका लागि सिफारिस लिएका छन् । भेरीगङ्गा नगरपालिकामा २२ जना क्यान्सरका बिरामीले सहुलियत उपचारका लागि सिफारिस लिएका छन् ।

यस्तै, गुर्भाकोट नगरपालिकामा १७ जना क्यान्सरका बिरामी फेला परेका छन् । सिम्ता गाउँपालिकाबाट यो वर्ष ११ जना क्यान्सरका बिरामीले सहुलियतका लागि सिफारिस लिएका छन् ।

बराहताल गाउँपालिकाबाट ११ जना क्यान्सरका बिरामीले उपचारमा सहुलियत लिन सिफारिस लिएका छन् । पञ्चपुरी नगरपालिकामा यो वर्ष ११ जना क्यान्सरका बिरामी फेला परेका छन् । चौकुने गाउँपालिकामा तीन जना क्यान्सरका बिरामीले उपचारका लागि सिफारिस लिएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ