२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशछत्रेश्वरीमा एकीकृत जनस्वास्थ्य अभियान, ३१२ जना बिरामीले लिए सेवा

छत्रेश्वरीमा एकीकृत जनस्वास्थ्य अभियान, ३१२ जना बिरामीले लिए सेवा


वीरेन्द्रनगर—सल्यानको छत्रेश्वरी गाउँपालिकामा एकिकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । मंगलबार सम्पन्न भएको शिविरबाट शिविरबाट ३१२ जनाले सेवा लिएका हुन् ।

स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजना र छत्रेश्वरी गाउँपालिकाको समन्वयमा भएको शिविरमा १९ जनाले दन्त रोग तथा मुख स्वास्थ्य सेवा, ३३ जनाले ल्याब सेवा, १४ जनाले इसीजी सेवा, ४ जनाले युएसजी सेवा र अन्यले सामान्य चेकजाँच र परामर्श सेवा लिएका छन् ।

शिविर उद्घाटन कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले विभिन्न समस्याका कारण अस्पतालसम्म जान नसकेका बिरामीलाई आफ्नै गाउँ ठाउँमा रोग पहिचान र उपचारका लागि यस प्रकारका शिविरले लाभ पु¥याउने बताए ।

शिविरमा स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक डा.अर्जुन बुढा तथा अन्य ७ जना विशेषज्ञ डाक्टरहरुसहित १५ जनाको चिकित्सक टोलीले चेक जाँच तथा उपचार गरेको थियो । शिविरमा निःशुल्क औषधि वितरण, मनोसामाजिक परामर्श सेवा, क्षयरोग पहिचानका लागि खकारको नमुना संकलन पनि गरिएको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ