२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदैलेखमा निःशुल्क रक्तचाप र मधुमेह परीक्षण

दैलेखमा निःशुल्क रक्तचाप र मधुमेह परीक्षण


वीरेन्द्रनगर—दैलेखमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नारायण नगरपालिका स्वास्थ्य शाखाले दैलेख सदरमुकाममा निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।

विभिन्न उमेर समूहका १ सय ७८ जना स्थानीयहरुले स्वास्थ्य परीक्षण गराएको नारायण नगरपालिका स्वास्थ्य शाखाका प्रमुख लालबहादुर खड्काले बताए ।

यस्ता शिविरले पछि हुने समस्याको समयमै पहिचान गरी उपचार गर्न सहज हुने उनले जानकारी दिए ।

नागरिकमा स्वास्थ्य चेतना र शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविर फलदायी रहेको स्वास्थ्य शाखाका प्रमुख खड्काले बताए ।

‘खानपान, नियमित शारीरिक व्यायामको कमी तथा तनाव जस्ता कारणहरूले उच्च रक्तचाप तथा मधुमेहका बिरामी दिनानुदिन बढ्दै गरेको विभिन्न सर्वेक्षणहरूले देखाउने गरेको छ,’ उनले भने, ‘समयमै रोग पत्ता लगाई उपचार गरेको खण्डमा घातक शारीरिक समस्याहरू तथा जटिल रोगको शिकार हुन नपर्ने सम्बन्धित चिकित्सको परामर्श लिनुपर्छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ