२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशछत्रेश्वरीको प्राथमिकतामा शिशु र बाल उपचारबारे स्वास्थ्यकर्मीलाई अनुशिक्षण

छत्रेश्वरीको प्राथमिकतामा शिशु र बाल उपचारबारे स्वास्थ्यकर्मीलाई अनुशिक्षण


वीरेन्द्रनगर—सल्यानको छत्रेश्वरी गाउँपालिकाले आफ्नो पालिकाभित्रका स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्यकर्मीहरुलाई नवजात शिशु र बालरोग व्यवस्थापनका लागि अनुशिक्षण गरेको छ । आइतबार छत्रेश्वरी गाउँपािलका–७ को जामुनेखोलास्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मीहरुलाई समुदायमा आधारित नवजात शिशु तथा बाल रोगको एकीकृत व्यवस्थापनबारे अनुशिक्षण गरिएको हो ।

समुदायस्तरमा नवजात शिशुको मृत्युदर घटाउनका लागि र बालबालिकामा हुने रोगहरुको व्यवस्थापन गर्न सबै स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षित गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराईले बताइन् । ‘नवजात शिशुको स्याहार, जन्मदा स्वास नफेरेको वा नरोएको शिशुको व्यवस्थापन, अवधि नपुगेर जन्मिएको वा जन्मदा कम तौलको शिशुको व्यवस्थापनलगायतका विषयमा स्वास्थ्यकर्मीहरुलाई दक्ष बनाउनका लागि अनुशिक्षण गरिएको छ,’ उनले भनिन्, ‘दुई महिनासम्मका बिरामी शिशुको उपचार तथा दुई महिनादेखि पाँच वर्षसम्मका बालबालिकाको उपचारबारे हरेक स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्यकर्मीहरुलाई अनुशिक्षण गरिरहेको छ ।’

यसअघि छत्रेश्वरी गाउँपालिका–१ को दमाचौर स्वास्थ्य चौकी र कोर्वाङ झिम्पे स्वास्थ्य चौकीमा पनि कोचिङ सम्पन्न भइसकेको स्वास्थ्य संयोजक भट्टराईले जानकारी दिइन् ।

आइतबार वडा नं ७ मा कार्यक्रम सम्पन्न भएको र सोमबार वडा नं ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र लेख पोखरामा कार्यक्रम तय गरिएको छ । दुर्गम क्षेत्र, पिछडिएका समूह र विपन्न नागरिकका नवजात शिशु तथा बालवालिकाहरूको आधारभूत स्वास्थ्य सेवामा पहुँच र उपभोगमा अभिवृद्धिका लागि एकीकृत व्यवस्थापन महत्वपूर्ण रहेको सिअहेव गणेशमान डाँगीले जनाए ।

उपचारका लागि स्वास्थ्य संस्थामा ल्याउने दर बढाएर नवजात मृत्यु घटाउन नवजात शिशु तथा बाल रोगको एकिकृत व्यवस्थापन कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा उनको बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ