२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकालीकोटको नरहरिनाथमा स्वास्थ्य शिविर सम्पन्न

कालीकोटको नरहरिनाथमा स्वास्थ्य शिविर सम्पन्न


वीरेन्द्रनगर—कालीकोटको नरहरिनाथ गाउँपालिका–७ उच्छव गाउँमा सम्भावित क्षयरोग बिरामीहरुको स्क्रिन तथा एकीकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ । विभिन्न रोगका बिरामीहरुको स्वास्थ्य जाँच गरेर शिविर सम्पन्न भएको हो ।

नरहरिनाथ गाउँपालिका आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाले आयोजना गरेको शिविरमा सेवाग्राहीहरुका लागि अल्ट्रासाउण्ड, आँखाको परीक्षण, गर्भवती जाँच, प्रयोगशाला सेवालगायतका सेवाहरुको प्रदान गरिएको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखा प्रमुख मानबहादुर सहकारीले बताए ।

शिविरमा आँखाको परीक्षणअन्तर्गत मोतिबिन्दु ३ जना, एलर्जी ११ जना र अन्य आँखा सम्बन्धि ४६ जनाले परीक्षण गरेको शाखा प्रमुख सहकारी बताए ।

त्यस्तै, गर्भवती स्वास्थ्य जाँच परीक्षण १० जनाले गरेका थिए भने एक जनालाई रिफरसमेत गरिएको उनले बताए । खकारको ल्याब जाँच ५४ जना, एचआईभी जाँच ३ जना, हेपाटाइटिस बी जाँच १२ जना, युपिटी १ जाँच जना, भिडिआरयल जाँच १२ जनाले गरेको उनले जानकारी दिए ।

बहिरङ्ग सेवाअन्तर्गत सामान्य चेक जाँच एक सय ९० जनाले गरेका थिए भने उच्च रक्तचाप ५ जनामा देखिएको थियमे । त्यसमध्ये १ जनालाई रिफर गरिएको छ ।एचपाइलरी १२ जनामा पोजेटिज देखिएको छ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको बस्ती र क्षयरोग बढी रहेको आँकलन गरिएको उच्छवमा शिविर गरिएको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ