२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजाजरकोटमा हाडजोर्नी तथा नसा रोग उपचार शिविर संचालन

जाजरकोटमा हाडजोर्नी तथा नसा रोग उपचार शिविर संचालन


वीरेन्द्रनगर—जिल्ला अस्पताल जाजरकोटमा हाडजोर्नी तथा नसा रोग उपचार शिविर संचालन भएको छ । बुधबारदेखि जिल्ला अस्पताल जाजरकोटमा हाडजोर्नी तथा नसा रोग उपचार शिविर संचालन भएको हो ।

जाजरकोट जिल्ला जन्मेका प्राध्यापक डा. दीर्घराज आरसीले हाडजोर्नी तथा नसा रोग उपचार शिविर संचालन गरेका हुन् ।

जन्मभूमीप्रतिको मायाले आफूलाई शिविरका माध्यमबाट २६ वर्षपछि जाजरकोट पु¥याएको प्रा.डा. आरसीले बताए । ‘आफ्नो जन्मभूमीमा केही न केही गरौं भन्ने लागेर व्यक्तिगत खर्चमा हाडजोर्नी तथा नसा रोग उपचार शिविर संचालन गरेका छौं,’ उनले भने, ‘गत १७ कातिकमा गएको भूकम्पबाट घाइते भएका व्यक्ति र आर्थिक अभावले हाडजोर्नी र नसा रोगका बिरामीहरु जिल्लाभन्दा बाहिर गएर प्रारम्भिक चेक जाँच गर्न नसकेका बिरामीहरुका लागि शिविरले ठूलै मद्दत गर्नेछ ।’

दुई दिनसम्म चल्ने शिविरले न्यूनतम ५०० भन्दा बढी बिरामीको चेकजाँच गर्ने लक्ष्य राखेको जानकारी दिदैं डा. आरसीले बिरामीहरुको संख्या बढेमा शिविर संचालन गर्ने दिनलाई पनि बढाउन सकिने बताए । ‘एक दिनमा ३०० बिरामीको स्वास्थ्य जाँच गर्न सकिनेछ,’ उनले भने, ‘बिरामीको संख्या बढेमा थप दिन शिविर सञ्चालन गरिनेछ ।’

प्रा. डा. आरसी काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलका पूर्व निर्देशक हुन् । उनको आयोजनामा संचालन गरिएको हाडजोर्नी तथा नसा रोग उपचार शिविरमा अन्य प्राध्यापक डाक्टरहरुले आर्थिक तथा प्राविधिक सहयोग रहेको छ । उनले संचालन गरेको शिविरमा जाजरकोट जिल्ला अस्पताल, लुम्बिनी गार्डेन फाउण्डेशन काठमाडौं, योगेश्वर स्मृति प्रतिष्ठान काठमाडौं, नेपाल रेडक्रस सोसाइटी जाजरकोट र भेरी नगरपालिकाले सहयोग गरेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ