२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहिमा गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हिमा गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा


जुम्ला—हिमा गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिका खोपको पहुँचमा आएको एकिन भएपछि हिमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता’ नाराका साथ जिल्लाकै दोस्रो पालिकाका रुपमा पूर्ण खोप घोषणा गरिएको छ । पालिकाका खोप उमेर समूह जन्मेदेखि १५ महिनासम्म र १६ महिनादेखि पाँच वर्ष उमेरका सबै बालबालिका खोपको पहुँचमा पुगेका छन् ।

सांसद विनिता कठायत र पालिका अध्यक्ष लक्ष्मण शाहीले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन् ।

सांसद कठायतले रोग प्रतिरोधात्मक क्षमता बढाउन अनिवार्य खोप लगाउनुपर्ने बताइन् । मुलुकको दक्ष र अब्बल जनशक्ति निर्माण गर्न अहिले स्वास्थ नागरिक हुन जरुरी रहेको उनको भनाइ छ । विकास निर्माण सेवा प्रवाह अझ विशेषगरी स्वास्थ्य क्षेत्रमा हिमाले गरेको कामको समेत सांसद कठायतले प्रशंसा गरिन् ।

हरेक वर्ष खोप सुनिश्चितता गर्ने कार्यक्रमनुसार सबै सूचक पुरा गरेर पूर्ण खोप सूनिश्चितता घोषणा गरिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए । उनका अनुसार हिमाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गर्दै आएको छ ।

हिमा सबैभन्दा बढी स्वास्थ्य शिविर चलाउने पालिकामा जिल्लामै पहिलो पालिका पनि हो । जसबाट हजारौं हिमावासी लाभान्वित भएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ