२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदैलेखका सबै स्थानीय तहमा आयुर्वेद सेवा

दैलेखका सबै स्थानीय तहमा आयुर्वेद सेवा


वीरेन्द्रनगर—दैलेखका ११ वटै स्थानीय स्थानीय तहमा आयुर्वेद स्वास्थ्य सेवाको पहुँच पुगेको छ । जिल्लाका सबै नागरिकलाई आयुर्वेद स्वास्थ्य सेवा दिने उद्देश्यले सबै स्थानीय तहमा आयुर्वेद स्वास्थ्य सेवा विस्तार गरिएको हो ।

दैलेखका ११ स्थानीय तहमध्ये तीनवटा स्थानीय तहमा यसअघि आयुर्वेद स्वास्थ्य सेवा सञ्चालनमा रहेको र बाँकी रहेको ८ वटा स्थानीय तहमा आयुर्वेद स्वास्थ्य सेवा दिनका लागि नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका निमित्त कार्यालय प्रमुख रामप्रसाद महतोले बताए ।

‘सर्वसाधारणलाई उपचारात्मक सेवा प्रदान गर्नेदेखि स्वस्थ जीवनशैलीका बारेमा जनचेतना बढाउने लक्ष्यका साथ यहाँका सबै स्थानीय तहमा आयुर्वेद स्वास्थ्य सेवा विस्तार गरिएको छ,’ उनले भने, ‘तीन वटा स्थानीय तह नारायण नगरपालिका, नौमुले गाउँपालिका र दुल्लु नगरपालिकामा पहिलेदेखि सेवा दिँदै आएका छौं । अन्य ८ स्थानीय तहमा आयुर्वेद स्वास्थ्य सेवा दिन नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ ।’

नागरिक आरोग्य सेवा केन्द्रमार्फत नागरिकले उपचारात्मक सेवा, निरोगी रहन स्वस्थ जीवन कार्यक्रम, योग, पञ्चकर्म, स्तनपायी आमालाई दूधवर्धक औषधि वितरण लगायतका सेवा उपलब्ध गराइने निमित्त कार्यालय प्रमुख महतोले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ