२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशबँदेलको आक्रमणबाट सात जना घाइते

बँदेलको आक्रमणबाट सात जना घाइते


वीरेन्द्रनगर—दैलेखमा जंगली बँदेलको आक्रमणबाट सात जना घाइते भएका छन् । दैलेखको भैरवी गाउँपालिका–६ मा बँदेलको आक्रमणमा परी सात जना घाइते भएका हुन् ।

जंगलबाट मात्तिएर गाउँ पसेको बँदेलले मानिसलाई आक्रमण गरेको वडा नं. ६ का वडा अध्यक्ष तुलबहादुर हमालले बताए ।

‘गणेश सिजाली, लछुमन पुन मगर, रत्नबहादुर बराल, तर्कबहादुर पुन मगर, पूर्ण सिजाली, जयबहादुर थापा मगर र तिलक पौडेल घाइते हुनु भएको छ,’ उनले भने, ‘मंगलबार बिहानको समयमा घरमै बसिरहेको अवस्थामा बँदेलले आक्रमण गरी घाइते बनाएको हो ।’

आक्रमणमा परेका तीन जनालाई उपचारका लागि स्थानीय खम्बागाडे बजारको लाइफ किअर फार्मेसी लगिएको छ । गणेश सिजालीलाई थप उपचारका लागि जिल्ला अस्पताल दैलेखमा पठाइएको फार्मेसी सञ्चालक अर्जुन सुनारले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ