२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकुटपिटपछि गम्भीर घाइते महिलालाई समयमा अस्पताल नपुर्‍याउँदा मृत्यु

कुटपिटपछि गम्भीर घाइते महिलालाई समयमा अस्पताल नपुर्‍याउँदा मृत्यु


जुम्ला—पातारासी गाउँपालिका— ३ छुमगाउँकी २६ वर्षीया हाँसु ऐडीले ५६ वर्षीया सुवा महतारालाई कुटपिट गर्दा समयमा अस्पताल पुर्‍याउन नसक्दा मृत्यु भएको छ ।

१५ बैशाख साँझ छोरी नाता पर्ने ऐडीले सौतेनी आमा महतारालाई ढुंगा र धान कुट्ने मुसलले प्रहार गरेर गम्भीर घाइते बनाएकी थिइन् ।

प्रहरीकाअनुसार घटना १५ बैशाख साँझ भएपनि ढिलो खबर पाएपछि प्रहरीको टोली परिचालन गरेर १६ बैशाखको विहान हत्या आरोपित ऐडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदिलाल कामतीले बताए ।

‘छोरीको मानसिक सन्तुलन गुमेको र औषधि खाइरहेको भन्ने बुझिएको छ । ढुंगा र मुसलले हानेर शक्त घाइते भएको र समयमै अस्पताल ल्याउन नसक्दा मृत्यु भएको हो,’ उनले भने, ‘घटनाको बारेमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।’

घटनाका मृतक महताराको आइतबार नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पोष्टमार्टम भएको र पोष्टमार्टमपछि मृतकको शव आफन्तलाई बुझाएको डिएसपी कामतीले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ