२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपातारासी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

पातारासी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा


जुम्ला—पातारासी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । जन्मेदेखि २३ महिनाका ३३२ जना बालबालिका रहेका छन् ।

जसमध्ये पूर्ण खोप १९० जना बालबालिकाले पाएको स्वास्थ्य संयोजक रतन बुढ्थापाले बताए । ‘२३ जना बालबालिकालाई गाउँ—गाउँमा खोजेर खोप दिएका हौं,’ उनले भने ।

जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक गौरीनन्द आचार्यले पातारासीलाई खोप सुनिश्चत तथा दिगोपना सुनिश्चितता घोषणा गरिएको बताए । ‘पूर्ण खोप पाएका बालबालिकामा प्रतिरोधात्मक क्षमता वृद्धि भएको हुन्छ । जस कारण रोग लाग्दैन्,’ उनले भने ।

गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले गाउँपालिका पूर्ण खोप सुनिश्चत भएपछि यसलाई टिकाइ राख्न सबैको साथ सहयोग आवश्यक रहेको बताए । ‘स्वास्थ्यकर्मी मात्रै नभई जनप्रतिनिधि अझ वडाध्यक्षसहितका जनप्रतिनिधिले सबै बालबालिका खोपमा निरन्तर दिन आजको आवश्यकता रहेको ,’ उनले भने । अध्यक्ष बोहराले गाउँकै रैथाने बालीको खाना आमा र बालबालिकालाई खुवाउन आवश्यक छ ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार पातारासी गाउँपालिकाले पनि पूर्ण खोप सुनिश्चितताको निरन्तरता पाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ