२०८१ जेठ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीको सामाजिक विकास मन्त्रीमा वीरबहादुर

कर्णालीको सामाजिक विकास मन्त्रीमा वीरबहादुर


वीरेन्द्रनगर—कर्णालीमा मुख्यमन्त्री यमलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मंगलबार मन्त्रिपरिषद् विस्तारसँगै सामाजिक विकास मन्त्रालयले समेत मन्त्री पाएको छ ।

सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही नियुक्त भएका छन् । डोल्पामा शाही माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य छन् । शाहीले मंगलबार नै प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनीयताको सपथ लिएका छन् ।

शाहीसँगै भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री वीरबहादुर शाही र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत र राज्यमन्त्री गोमती विकले पनि सपथ लिएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ