२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजिप्रका दैलेख कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण

जिप्रका दैलेख कार्यालयमै सेवाग्राहीको स्वास्थ्य परीक्षण


वीरेन्द्रनगर—जिल्ला प्रशासन कार्यालय दैलेखले कार्यालयमा नै स्वास्थ्य परीक्षण कक्ष सञ्चालनमा ल्याएको छ । मंगलबारबाट सेवाग्राहीका लागि प्रशासन कार्यालय परिसरमै सेवाग्राहीको स्वास्थ्य परीक्षण गर्नका लागि स्वास्थ्य कक्ष सञ्चालनमा ल्याइएको हो ।

कार्यालयमा सेवा लिन आउनेहरूले दिउँसो १२ बजेदेखि २ बजेसम्म स्वास्थ्य परीक्षण कक्षबाट सेवा लिन सक्ने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । ‘स्वास्थ्य परीक्षण कक्षका लागि जिल्ला अस्पतालबाट एक स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ,’ उनले भने, ‘जिल्ला स्वास्थ्य कार्यालयबाट निःशुल्क औषधी समेत व्यवस्था गरिएको छ ।’

सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राखेर निरन्तर सेवा दिनेगरी ‘सेवाग्राही स्वास्थ्य परीक्षण कक्ष’ सञ्चालन गरेको भुसालले बताए ।

सेवाग्राहीसँग प्रमुख जिल्ला अधिकारी कार्यक्रम प्रभावकारी बन्दैं गएको उनले जानकारी दिए । ‘सेवाग्राहीको स्वास्थ्यलाई समेत ध्यानमा राखेर सेवाग्राही स्वास्थ्य परीक्षण कक्ष सञ्चालमा ल्याएका हौं ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ