२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहुम्लाको डाँडाफया स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामी मर्कामा

हुम्लाको डाँडाफया स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामी मर्कामा

१५ वर्षदेखि खानेपानी नहुँदा शौचालय पनि प्रयोगविहीन


जुम्ला—हुम्लाको सिमकोट गाउँपालिका–७ स्थित डाँडाफया स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती महिला, अन्य बिरामी र कर्मचारीलाई सास्ती खेप्नु परेको हो ।

खानेपानीको सुविधा नभएर समस्या भएको स्वास्थ्य चौकीमा सुत्केरी गराउन आएकी सेवाग्राही कल्पना सिंहले गुनासो गरिन् । सुत्केरी हुँदा पानीको अत्यावश्यक पर्ने भएपनि स्वास्थ्य चौकीमा खानेपानीको अभावले अधिकांश हामी सुत्केरी आमाले नुहाउन, लुगा धुन, फोहोर सफा गर्नका लागि टाका सेलाउन भन्ने ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको उनले बताइन् ।

स्वास्थ्य चौकीको नजिकै रहेको पानीको धारा भएपनि त्यस धारामा गाउँका स्थानीयले सुत्केरी भएको बेला छुन नदिने भएपछि सुत्केरी महिलाहरुले बाध्य भएर टाढाको धारामा पुगेर सरसफाइ गर्नु पर्दा स्वास्थ्यमा समेत समस्या हुने गरेको उनको भनाइ छ ।

खानेपानीको समस्या भएपछि गाउँबाट बोकेर ल्याउनु बाध्यता रहेको स्वास्थ्य चौकीका कार्यालय सहयोगी कालु सिहंले जानकारी दिए । गाउँको धाराबाट पानी ल्याउने, त्यही पानीले शौचालय प्रयोग गर्ने र सरसफाइ गर्नुपर्ने बाध्यता रहेको कार्यालय सहयोगी सिंहको भनाइ छ ।

१५ वर्षदेखि खानेपानी नहुँदा शौचालय पनि प्रयोगविहीन अवस्थामा रहेको स्वास्थ्य चौकीका इन्चार्ज सन्तोष बोहराले बताए । स्वास्थ्य चौकीमा आउने बिरामीलाई समेत खानेपानी र सरसफाइ गर्न पानीको समस्या रहेको इन्चार्ज बोहराले बताए । पटक–पटक स्वास्थ्य शाखा र गाउँपालिकालाई जानकारी गराउँदा पनि सुनुवाई नभएको स्वास्थ्य चौकीका प्रमुख बोहराको भनाइ छ ।

गाउँबाट पानी बोकेर ल्याएर पिउनु पर्ने बाध्यता छ । पानीको लागि पालो समेत पाउन मुस्किल हुने गरेको उनले बताए । प्रत्येक दिन गाउँकै पानीको भर पर्नुपर्छ । हिउँदको समयमा अझै खानेपानी गाउँमा पाउन मुस्किल हुने गरेको बोहराको भनाइ छ । खानेपानी अभावले बिरामी र स्वास्थ्य चौकीको बर्थिङ सेन्टर सञ्चालनमा समेत समस्या हुने गरेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ