२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदार्माका भूकम्प प्रभावित बालबालिकामा जन्डिस

दार्माका भूकम्प प्रभावित बालबालिकामा जन्डिस


वीरेन्द्रनगर—सल्यानको भूकम्प प्रभावित क्षेत्र दार्मा गाउँपालिकाका बालबालिकामा जन्डिस देखिन थालेको छ । गर्मी र दूषित पानीका कारण बालबालिकामा जन्डिस देखिन थालेको हो ।

चर्को गर्मी र केही दिनअघिको वर्षात्ले पानीका मुहान दूषित भइरहेका कारण बालबालिकामा जन्डिस भएको हुन सक्ने दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । ‘जन्डिस सरुवा रोग भएकाले एकअर्कामा सरिरहेको छ,’ उनले भने, ‘पालिकाभरि ५ वर्षमुनिका झन्डै एक हजार ७ सय बालबालिका छन् ।’

एक साता यता एक सयभन्दा बढी बालबालिका जन्डिस देखिएको स्वास्थ्य शाखा प्रमुख बस्नेतले बताए । ‘३५ जना बालबालिका उपचारका लागि आएका थिएँ । तीमध्ये २२ जनामा जन्डिस देखिएको थियो,’ उनले भने, ‘पालिकाभित्रका स्वास्थ्य संस्थामा सहज उपचार नभएको र भूकम्पका कारण अधिकांश परिवार आर्थिक मारमा परेकाले बालबालिकाको उपचार गराउन गाह्रो भएको छ ।’

बालबालिकामा वान्ता हुने, खान नरुच्ने, दुब्लाउँदै जाने समस्या बढी देखिएको स्वास्थ्य शाखा प्रमुख बस्नेतले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ