२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकालिकोट जिल्ला अस्पतालमा अक्सिजन अभाव

कालिकोट जिल्ला अस्पतालमा अक्सिजन अभाव


जुम्ला—कालिकोट जिल्ला अस्पतालमा अक्सिजनको अभाव भएपछि श्वासप्रश्वास तथा दम रोगका बिरामीहरु समस्यामा परेका छन् । जिल्ला अस्पतालमा रहेको अक्सिजन उत्पादन गर्ने मेसिन बिग्रिएर एक वर्षदेखि बन्द अवस्थामा छ ।

मेसिन अहिलेसम्म पनि मर्मत नहुँदा अक्सिजनको आवश्यक हुने गम्भीर खालका बिरामीहरु समस्यामा परेका हुन् ।

खाडाचक्र नगरपालिका– १ की ८१ वर्षीया भवनदरी शाहीले श्वासप्रश्वासको समस्या रहेकोले अक्सिजन लिन जिल्ला अस्पताल पुगेपनि अभाव रहेकाले त्यत्तिकै घर फर्कनु परेको गुनासो गरिन् ।

दम रोगका कारण समस्या उत्पन्न भएको र जिल्ला अस्पतालमा अक्सिजनको अभावले आफै नेपालगञ्जबाट महंगो मूल्य तिरेर व्यवस्थापन गरेको खाँडाचक्र नगरपालिका– ५ की ६५ वर्षीया फूलमायाँ चौलागाईंले बताइन् ।

अक्सिजन सिलिन्डरहरु खाली भएको र भर्नको लागि नेपालगञ्ज पुग्नुपर्ने समस्या छ । यो समस्याले गम्भीर खालका बिरामीे समस्यामा परेको स्वास्थ्य सेवा कार्यालय डा. संकेत विकले बताए । उनकाअनुसार गम्भीर खालका श्वासप्रश्वासका बिरामीलाई बाहेक अन्य दमका बिरामी आएकोमा रिफर गर्नु परेमा अक्सिजनको आफै व्यवस्थापन गर्नुपर्ने भएका कारण विपन्न वर्गका बिरामीहरु चर्काे मारमा परेका छन् ।

अक्सिजनको अभावले, दम, श्वासप्रश्वास, फोक्सोका बिरामी मर्कामा रहेको र एक हप्तामा अर्काे अक्सिजन प्लान्ट मेसिन मर्मत गर्ने कम्पनीसँग तत्काल सम्झौता गरेर मर्मत गरी दुई हप्ताभित्र समस्याको समाधान गर्नका लागि प्रयास भइरहेको डा. संकेतले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ