२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचैत्र ६ मा युएइबाट आएका धादिङ्गका युवामा कोविड १९ : स्वास्थ्य मन्त्री ढकाल

चैत्र ६ मा युएइबाट आएका धादिङ्गका युवामा कोविड १९ : स्वास्थ्य मन्त्री ढकाल


काठमाडाै- गत चैत्र ६ गते युएइकाे सारजाहाबाट आएका ३२ वर्षीया युवामा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए ।
६ चैत्रमा नेपाल आएका उनि काठमाडौको होटलमा बसेको र मंगलवार स्वास्थ्यमा समस्या आएपटि टेकु अस्पतालमा भर्ना भएका थिए । राष्टिय जनस्वास्थ्य प्रयोगशालामा जाच गर्दा उनमा कोविड १९ पुष्टी भएको उनले जानकारी दिए ।

बुधवार भर्चुअल पत्रकार सम्मेलन गर्दै मन्त्री ढकालले संक्रमितको उपचार भइरहेको जानकारी एि । उनि आएको प्लेन र बसेको होटल तथा सम्पर्कमा रहेका मानिसहरुसंग सम्पर्क गरी क्वारेन्टाइनमा राख्ने तयारी भएको समेत जानकारी दिए ।

मन्त्री ढकालले विदेशबाट आएका सबै मानिसलाइ कम्तिमा १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्न र यदी समस्या भए नजिकको स्वास्थ्य संस्थामा गएर सल्लाह लिन समेत आग्रह गरे ।

उनले विदेशबाट आएका सबैले सरकारसंग सम्पर्कमा आउन समेत आग्रह गरे ।

स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनले तयार गरेको मापदण्डमा नबस्ने मानिसले आफुलाई मात्र नभएर परिवार र समाजलाइ नै जोखिममा पर्ने उनको भनाइ थियो । अहिले सम्म कसैले नबुझेर त्यसो गरेको भए त्यसलाइ सच्याएर परेजमा बस्न उनले आग्रह गरे ।

 

(*यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पत्रकार व्रिफिङ्गका क्रममा भनेकाे युवक अाएकाे देश स्वास्थय तथा जनसंख्या मन्त्रालयले सच्चयाएकाे अाधारमा समचार सच्याइएकाे छ । )

 

यि पनि पढ्नुहाेस्

खाडी मुलुकबाट आएका १ जनामा देखियो कोरोना पोजेटिभ

भियतनामी साथीको त्यो फोनले पत्ता लगाएको कोभिड—१९ को ‘दोस्रो केस’

टेकुमा उपचाररत शंकास्पद एक बिरामीमा कोरोना ‘पोजेटिभ’

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ