गृहपृष्ठ ∕ समाचार ∕ लकडाउन वैशाख ३ गतेसम्म, निजी अस्पतालका डाक्टरले सरकारी अस्पतालमा सेवा गरेमा सरकारले सुविधा दिने लकडाउन वैशाख ३ गतेसम्म, निजी अस्पतालका डाक्टरले सरकारी अस्पतालमा सेवा गरेमा सरकारले सुविधा दिने हेल्थ आवाज सोमबार, २०७६ चैत्र २४ गते, १९:१९ मा प्रकाशित काठमाडौँ – सरकारले जारी लकडाउनलाई वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ। सोमबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो। सरकारले सम्भावित कोभिड १९ को संक्रमण फैलिन नदिन चैत्र ११ गते देखि मुलुकमा लकडाउन लागु गरेको थियो। १८ चैत्रसम्मका लागि घोषणा गरेको उक्त लकडाउनलाई चैत्र १७ गते बढाएर चैत्र २५ सम्म पुर्याइएको थियो। मंगलबार सकिने उक्त अवधिलाई सरकारले सोमबार नै बढाएर वैशाख ३ गतेसम्म पुर्याएको हो। यस्तै सोमबारको मन्त्रिपरिषदको बैठकले कोभिड १९ संक्रमित उपचारमा खटिने निजी अस्पतालका कार्यरत चिकित्सक पनि सरकारी अस्पतालमा आएर काम गरेको खण्डमा सरकारी चिकित्सक सरह सेवा सुविधा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थ एवम संचार तथा सुचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिए। उनले कोभिडको उपचार तथा नियन्त्रणमा खटिने स्वास्थ्य स्वयमसेविकाहरुलाई १५ सय रुपैयाँ प्रोत्साहन स्वरूप भत्ता उपलब्ध गराउने निर्णय भएको बताए। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी… स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ… कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर… स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश… निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी… न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन ७ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा TFN ट्रेण्डिङ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला कर्णाली र लुम्बिनीका स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी बनाउन परियोजना लागु डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ मेला कर्णाली र लुम्बिनीका स्वास्थ्य प्रणालीलाई थप उत्तरदायी बनाउन परियोजना लागु डा सचिनको सल्लाह: 'मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं' विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन