गृहपृष्ठ ∕ समाचार ∕ लकडाउन वैशाख ३ गतेसम्म, निजी अस्पतालका डाक्टरले सरकारी अस्पतालमा सेवा गरेमा सरकारले सुविधा दिने लकडाउन वैशाख ३ गतेसम्म, निजी अस्पतालका डाक्टरले सरकारी अस्पतालमा सेवा गरेमा सरकारले सुविधा दिने हेल्थ आवाज सोमबार, २०७६ चैत्र २४ गते, १९:१९ मा प्रकाशित काठमाडौँ – सरकारले जारी लकडाउनलाई वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ। सोमबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो। सरकारले सम्भावित कोभिड १९ को संक्रमण फैलिन नदिन चैत्र ११ गते देखि मुलुकमा लकडाउन लागु गरेको थियो। १८ चैत्रसम्मका लागि घोषणा गरेको उक्त लकडाउनलाई चैत्र १७ गते बढाएर चैत्र २५ सम्म पुर्याइएको थियो। मंगलबार सकिने उक्त अवधिलाई सरकारले सोमबार नै बढाएर वैशाख ३ गतेसम्म पुर्याएको हो। यस्तै सोमबारको मन्त्रिपरिषदको बैठकले कोभिड १९ संक्रमित उपचारमा खटिने निजी अस्पतालका कार्यरत चिकित्सक पनि सरकारी अस्पतालमा आएर काम गरेको खण्डमा सरकारी चिकित्सक सरह सेवा सुविधा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थ एवम संचार तथा सुचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिए। उनले कोभिडको उपचार तथा नियन्त्रणमा खटिने स्वास्थ्य स्वयमसेविकाहरुलाई १५ सय रुपैयाँ प्रोत्साहन स्वरूप भत्ता उपलब्ध गराउने निर्णय भएको बताए। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लाको जनस्वास्थ्य सुधारात्मक दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री-वितरणमा औषधि व्यवस्था विभागको रोक नर्भिकले ५० शय्याको सिटी हस्पिटल ल्याउने, ३०० करोडको एकीकृत क्यान्सर… राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन… स्वास्थ्य बीमा बोर्डद्वारा स्वास्थ्य संस्थालाई १ अर्ब ९६ करोडभन्दा बढी… न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ५ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने ६ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालको ढोकामा जन्मिएको बच्चा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने कसरी गर्ने छालाको हेरचाह ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालको ढोकामा जन्मिएको बच्चा मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने कसरी गर्ने छालाको हेरचाह ? नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं