गृहपृष्ठ ∕ समाचार ∕ स्तनपान गराउँदा कोरोना संक्रमण सर्दैन : मन्त्रालय स्तनपान गराउँदा कोरोना संक्रमण सर्दैन : मन्त्रालय हेल्थ आवाज बिहीबार, २०७७ वैशाख १८ गते, १७:४६ मा प्रकाशित काठमाडौँ – स्तनपान गराउँदा शिशुमा कोभिड-१९ नसर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विहिबार मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म गरिएको अध्ययनले स्तनपान गराउँदा संक्रमणको केस नआएको जनाएको हुँदा स्तनपानलाई निरन्तरता दिनुपर्ने जनाए । उनले क्वारेन्टाइनमा रहेका र संक्रमित रहेका महिलाले शंका नगरी आफ्नो बालबालिकालाई सुरक्षितरुपले स्तनपान गराउन आग्रह गरेका छन् । यसको साथै उनले स्तनपान गराउने क्रममा मास्कको प्रयोग गर्ने तथा साबुन पानीले हात धुने सुझाब दिएका छन् । त्यस्तै, विहिबार कुनै संक्रमित नदेखिएको र संक्रमित ५७ जना मध्ये १६ जना निको भएको मन्त्रालयले जनाएको छ । विहिबारसम्म सीआर विधिबाट १२ हजार ११ परीक्षण र आरडीटी विधिबाट ४६ हजार ८ सय ६० नमुना परीक्षण भएको प्रवक्ता देवकोटाले जनाएका छन् । यसको साथै आजको व्रिफिंगमा दादुराको समेत चर्चा गरिएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर झलक गौतमको अनुसार गत पुस देखि वै८५ जनामा दादुरा देखिएको छ । दुदुरा देखिएको व्यक्तिले दादुरा खोप नलाएको पाइएको उनले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट TFN ट्रेण्डिङ नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने शरीरबाट गन्ध आउँने यी ५ कारण मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? पुरुषको लिङ्गबारे ४ रोचक तथ्य नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने शरीरबाट गन्ध आउँने यी ५ कारण मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? पुरुषको लिङ्गबारे ४ रोचक तथ्य