२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यपुरुषको लिङ्गबारे ४ रोचक तथ्य

पुरुषको लिङ्गबारे ४ रोचक तथ्य


आफ्नो जीवनकालको यो अवस्थासम्म आइपुग्दा हामीले कयौं ज्ञानहरु आर्जन गरेका छौ । यीमध्ये कति आफ्नै शारीरिक सम्बन्धि ज्ञान होला त, कति अन्य बाहिरी । तर, पुरुष लिंगको विषयमा यस्ता केहि रोचक तथ्य पनि छन् । जसबारे कमैलाई थाहा ज्ञात रहेको छ ।

१. लिंग भाँचिने सम्भावना

हो, उत्तेजनाको समयमा यदि तपाई आवेगमा आएर लिंगलाई दोबार्नु हुन्छ भने त्यसबेला तपाईको लिङ्ग भाँचिन पनि सक्छ । किनकी लिङ्गमा हाड हुँदैन । तर, उत्तेजनाको क्रममा लिङ्गमा रक्त प्रवाह हुने भएकाले यो दहृो हुन्छ । र, यसैबेला यो भाँचिन पनि सक्छ । तथ्यांकको अनुसार, यो समस्या कमै व्यक्तिलाई मात्र देखिए पनि कतिपय व्यक्ति भने आफ्नो लाजका कारण यो केस लुकाउने गर्छन् । जसकारण पनि यी केस कमै मात्रामा दर्ता हुने गरेको चिकित्सकहरुको भनाई रहेको छ ।

२. निन्द्रामा पनि उत्तेजना,

राति सुताईको समयमा पनि पुरुषमा यौन उत्तेजना हुन्छ । र, यो क्रम एक स्वस्थ व्यक्तिमा ३ देखि ५ मिनेटसम्म रहन्छ । यस्तै, बिहान उठ्दा पनि उत्तेजनामै रहनु पनि पुरुषका निमित्त एक सामान्य प्रकृया हो । यसलाई ‘मर्निङ ग्लोरी’ पनि भनिन्छ । र, यो राती सुताईकै क्रममा आएको उत्तेजनाको अन्तिम श्रृंखला पनि हो । पुरुषमा देखिएको यो प्रकृया हालसम्म के कारणल हुन्छ भन्ने कुराको हालसम्म यकिन गर्न सकिएको छैन । यद्यपि यसलाई निन्द्रासंग जोडिएको ¥यापिड आई मुभमेन्ट(आरइएम)सँग सम्बन्धित रहेको छ । अन्ततः यसका उचित कारण थाहा पाउन नसकिएता पनि यस्ता प्रकृयाले भने पुरुषको स्वास्थ्य अवस्था स्वस्थ रहेको तर्फ संकेत गर्दछ ।

३. उत्तेजनाको समयमा लिंगको लम्बाई बढ्नु

सामान्यतयाः उत्तेजनाको क्रममा लिंगहरु तन्किने गर्छन् । तर, के तपाईलाई थाहा छ, छोटो लिङ्गको लम्बाई उत्तेजनाको क्रममा लामो लिङ्गको तुलनामा बढि रहन्छ? २ हजार ७ सय ७० जनामा गरिएको लिंग मापनको अध्ययन अनुसार उत्तेजनाको क्रममा छोटो लिङ्ग ८६ प्रतिशतसम्म लम्बिन्छ । जबकि लामो लिङ्ग जम्मा ४७ प्रतिशतले बढ्छन् ।

४. लिंगमा मांसपेशी हुँदैन

आमव्यक्तिको बुझाई के पनि रहेको छ भने लिङ्गमा पनि मांसपशी हुन्छ । तर, होइन । लिङ्गमा मांसपेशी नभएकै कारण हामी उत्तेजनाका समयमा आफूले चाहे जसरी चलाउन सक्दैनौं । यौन उत्तेजनाको क्रममा भने लिङ्ग रगत तथा स्पोन्ज(एक किसिमको तरल पदार्थ) ले भरिएको हुन्छ ।

-एजेन्सी ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ