२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यशरीरबाट गन्ध आउँने यी ५ कारण

शरीरबाट गन्ध आउँने यी ५ कारण


प्रायः सबै मानिसलाई स्वस्थ हुने इच्छा हुन्छ । स्वास्थ्यप्रति सदैब सचेत हुँदाहुदै पनि कहिलेकाहिँ नसोचेको समस्या आउँछ । दैनिक नुहाँउदा र सफा लुगा लगाउँदा पनि कतिपय मानिसको शरीरबाट एक प्रकारको नमिठो गन्ध आएको हुन्छ । मानिसका विभिन्न स्वास्थ्य समस्यामध्ये शरीर गन्हाउनु पनि एउटा समस्या हो ।

शरीरबाट गन्ध आउनुका कारण

तपाईको खानेकुरा कस्तो छ ?

लसुन, प्याज, अचारलगायत हामीले खाने केही खानेकुराका कारण मुख मात्र गन्हाउने होइन की समग्र शरीरबाटै नमिठो गन्ध आउछ । यी खानेकुराबाट प्राप्त पोषण तत्व रक्तनलीमा पुगेपछि डकार, पसिना, पिसाब तथा बीर्यबाट गन्ध आउछ । ब्रोकाउली, बन्दालगायत धेरै सल्फरपाइने सागसब्जीमा दुर्गन्ध निम्त्याउने तत्व हुन्छ, जुन पसिनामार्फत शरिरबाहिर आउँछ । धेरै मासु र न्यून कार्बोहाईड्रेडयुक्त खानेकुरा खाएमा पनि गन्ध आउँछ। त्यस्तै, धेरै पियक्कड मानिसको पसिनाबाट दुर्गन्ध आउने गर्छ ।

वंशानुगत समस्या पनि शरीरको दुर्गन्ध

विज्ञहरुका अनुसार केही मानिसमा वंशानुगत कारण पैतालामा पसिना आउँछ । ती पसिनामा माइक्रोकोकस सिडेनटरिअस नामक व्याक्टेरिया हुन्छ जसले समग्र शरिर नै दुर्गन्धित बनाइदिन्छ । कसैको शरीरमा टिमिथाईलामिनुरिअ नामक तत्व हुन्छ जसकारण मानिसको शरीरबाट माछाको जस्तै गन्ध आउँछ। यस्तो गन्ध मानिसको श्वास, पसिना, र पिसाबबाट आउँछ ।

एउटै ब्रा लगाउनु भएको त छैन ?

महिलाको शरीर गन्हाउनमा केही हदसम्म उनीहरुले लगाउने ब्राको पनि भूमिका हुन्छ । केही महिलाले दुई-तीनदिन लगातार एउटै ब्रा लगाउँछन । ब्रामा छिटै पसिना आउने हुँदा पनि शरीर गन्हाउछ । केही ब्रामा दुर्गन्ध निम्त्याउने फर्म प्रयोग गरिएको हुन्छ, जसकारण ब्रा छिटो गन्हाउछ ।

चिन्तारोग वा डिप्रेसन

चिन्ता लिने मानिस मानसिक रुपमा मात्र होइन, शारीरिक रुपमा पनि रोगी हुन्छन् । हाम्रो शरीरमा विभिन्न प्रकारका पसिना उत्पादन हुन्छन् । विज्ञहरुका अनुसार चिन्ता वा निराश लिने मानिसको शरीरबाट एउटा पृथक प्रकारको पसिना आउछ, जसका कारण शरीरबाट नमिठो बासना आउछ । चिन्ता लिने मानिसको शरिरको एप्रोक्राइन ग्रन्थीबाट आउने पसिनाले शरीरलाई नै दुर्गन्धित बनाइदिन्छ । यस्तो गन्ध प्रायजसो शरीरमा पसिना नहुँदा  आउछ । यो पसिनामा छिटै व्याक्टेरिया उत्पन्न हुन्छ ।

डायबिटिजको समस्या त छैन ?

डायबिटिजका कारण पनि शरीर गन्हाउछ । पर्याप्त इन्सुलिनको अभावमा शरीरले उर्जाको लागि धेरै फ्याट उपयोग गर्छ । फ्याट बढी उपयोग हुँदा केटोन्स नामक तत्व उत्पादन हुन्छ जसले गर्दा शरीरमा दुर्गन्ध उत्पन्न हुन्छ ।

-स्रोतः हफिङटनपोस्ट


क्याटेगोरी : अन्य, सर्ने/नसर्ने रोग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ