२०८३ कात्तिक ११, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ शिक्षण अस्पतालले कोरोना संक्रमितको सम्पर्कमा रहेकालाई क्वारेनटाइनमा राखेर नियमित सेवा दिने

शिक्षण अस्पतालले कोरोना संक्रमितको सम्पर्कमा रहेकालाई क्वारेनटाइनमा राखेर नियमित सेवा दिने


काठमाडौं–त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य सेवा नियमित गर्ने निर्णय गरेको छ । बिहिबार बिहान न्युरो सर्जरी वार्डमा भर्ना भएकी एक बालिकामा कोभिड—१९ संक्रमण देखिएपछि अस्पतालको सेवा के गर्ने भन्ने विषयमा अस्पतालको बैठक बसेको थियो ।

सो बैठकले संक्रमित बालिकाका सम्पर्कमा आएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेर नियमित सेवा सुचारु गर्ने निर्णय गरेको कार्यकारी निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गाले जानकारी दिए ।

साथै, तत्काललाई इलेक्टीभ सर्जरी नगर्न र आकस्मिक सर्जरी गर्दा आवश्यक सुरक्षा कवच प्रयोग गर्न भनेको छ ।

संक्रमित बालिकाको सम्पर्कमा आएका अन्य सेकेण्डरी कन्ट्रयाकको पनि खोजपड्ताल सुरु गरी पिसिआरको व्यवस्था गरिने अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ