२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयी हुन कोरोना संक्रमित भेटिएका ३१ जिल्ला, कहाँ कति संक्रमित ?

यी हुन कोरोना संक्रमित भेटिएका ३१ जिल्ला, कहाँ कति संक्रमित ?


काठमाडौं—नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या ३५७ पुगेको छ । सोमबार धुलिखेल, नेपालगन्ज, विराटनगर र भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या ३५७ पुगेको छ। नेपालका ७ वटा मध्ये ६ वटा प्रदेशमा कोरोना संक्रमित भेटिएका छन् । कोरोना संक्रमित नभेटिएको कर्णाली एकमात्र प्रदेश हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ३१ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । प्रदेश १ मा हालसम्म संक्रमितको संख्या ४० जना पुगेको छ ।

प्रदेश १ का ५ जिल्ला झापा, धनकुटा, भोजपुर, मोरङ र उदयपुर जिल्लामा संक्रमण पुष्टि भएको छ । यस्तै, प्रदेश २ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ सय ३२ जना पुगेको छ । यस प्रदेशका ८ वटा जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा संक्रमित फेला परेका छन् ।

देशको राजधानी रहेको बाग्मती प्रदेशमा कुल संक्रमितको संख्या १८ पुगेको छ । यो प्रदेशका काठमाडौं, भक्तपुर, धादिङ, चितवन, सिन्धुपाल्चोक र मकवानपुर गरी ५ जिल्लामा संक्रमित फेला परेका छन् ।

यस्तै, गण्डकी प्रदेशमा ३ जनामा संक्रमण देखिएको छ । तीमध्ये दुई जना बाग्लुङ र एक नवलपरासी पूर्वका रहेका छन् । प्रदेश ५ मा १ सय ६९ जनामा संक्रमण देखिएको छ । ७ जिल्लामा कोरोना संक्रमण देखिएको यो प्रदेशमा दाङ, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, नवलपरासी पश्चिम र गुल्मीमा संक्रमण देखिएको हो ।

सुदूरपश्चिममा ५ जना छन् जिल्ला कैलाली र कन्चनपुरमा ५ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँका ५ जना संक्रमित नै निको भएर घर फर्किसकेका छन् । अहिलेसम्म नेपालमा ३५७ जनामा कोरोना संक्रमित भेटिएकामा ३६ जना निको भएर घर फर्किसकेका छन् । हालसम्म दुई जना संक्रमितको मृत्यु पनि भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका २५ वर्षीय पुरुषको रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #corona update, #कोभिड-१९


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ