गृहपृष्ठ ∕ समाचार ∕ आफुलाई शंका लागेमा शुल्क तिरेर कोरोना परीक्षण गर्न पाइने आफुलाई शंका लागेमा शुल्क तिरेर कोरोना परीक्षण गर्न पाइने हेल्थ आवाज मंगलबार, २०७७ जेठ ६ गते, १७:५६ मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शंका लागेमा शुल्क तिरेर जो सुकैले पनि कोरोना परीक्षण गर्न पाउने जनाएको छ । मन्त्रालयको मंगलबारको नियमित व्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले लक्षण नदेखिएका स्वदेशी तथा विदेशी नागरिकले तोकिएको सार्वजनिक स्वास्थ्य संस्थामा स्वेच्छाले आरडीटी र पीसीआर परीक्षण गर्न पाउने मन्त्रालयले व्यवस्था गरेको जनाएका हुन्। उनकोअनुसार तोकिएको मापदण्ड र सूचनाको गोपनियता तथा नियमित रिपोर्टिङ गर्ने सर्त अनिवार्य पालना गर्ने गरी परीक्षण हुने र परीक्षण शुल्क संस्थाहरुले मापदण्ड अनुसार निर्धारण हुनेछ। यसै सन्दर्भमा बोल्दै मन्त्रालयका सह-सचिव डा. गुणराज लोहनीले तोकिएका सरकारी अस्पतालबाट उक्त सेवा प्राप्त गर्न सकिने र परीक्षण शुल्कको विषयमा २ दिनभित्रै टुंगो लाग्ने बताए । शुल्क तिरेर नै आफ्नो परीक्षण गराउन चाहाने संख्या बढेपछि सरकारले स्वेच्छाले आरडीटी र पीसीआर परीक्षण गर्न पाउने निर्णय गरेको हो । क्याटेगोरी : समाचार ट्याग : #कोरोना परीक्षण, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ कसरी गर्ने छालाको हेरचाह ? ४ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू TFN ट्रेण्डिङ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर कलेजो प्रत्यारोपणपछिको जीवन नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अमेरिकामा कोरोनाका बिरामीको उपचार गरिरहेकी नेपाली चिकित्सकको मार्मिक अनुभव अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर कलेजो प्रत्यारोपणपछिको जीवन नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू अमेरिकामा कोरोनाका बिरामीको उपचार गरिरहेकी नेपाली चिकित्सकको मार्मिक अनुभव