गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ कोरोना जितेर फर्किए बुटवलबाट १० जना कोरोना जितेर फर्किए बुटवलबाट १० जना हेल्थ आवाज आईतबार, २०७७ जेठ ११ गते, ११:१९ मा प्रकाशित बुटवल—बुटवल कोरोना अस्पतालमा उपचाररत १० जना निको भएर घर फर्किएका छन् । दुई साताअघि अस्पताल भर्ना संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि शनिबार डिस्चार्ज गरिएको कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ट कन्सलटेन्ट डा. सुुदर्शन थापाले जानकारी दिए । कोरोना संक्रमण बढी देखिएको प्रदेश ५ मा निको हुनेको संख्या पनि बढ्दै गएको हो । यसअघि शुक्रबार बाँकेको खजुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना कोरोनो जितेर घर फर्किएका थिए । बुटवलबाट शनिबार साँझ घर फर्किएकाहरु सबै कपिलवस्तुका हुुन् । प्रदेश नं. ५ मा कपिलबस्तु र बाँके कोरोनाको ‘हट स्पट’ बनेका छन् । प्रदेश ५ मा आइसोलेसन अस्पतालमा बेडको संख्या कम हुँदा संक्रमितलाई व्यवस्थित गर्न गाह्रो बन्दै गएको छ । धागो कारखानाको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाले उपचार गराइरहेका थिए । यसअघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा निको भएर घर गइसकेको छन् । प्रदेश पाँचको कोरोना संक्रमितको संख्या २ सय ७१ छ । जसमध्ये निको ३२ जना र २ जनाले ज्यान गुमाएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनालले मानिस अनुशासनमा बस्ने सकेमा कोरोना संक्रमण रोक्न सकिने बताए । धागो कारखानामा २ सय बेड थप गरिदैछ । त्यस्तै बुटवल ११ देविनगरस्थित एन्फा एकेडेमीमा पनि ५० बेडको आइसोलेसन सेन्टर बनाइएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ७ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ TFN ट्रेण्डिङ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ प्रधानमन्त्रीले भने, ‘सावधानी अपनाएनौं भने बाध्य भएर जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्छ’ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल राष्ट्रिय ट्रमा सेन्टरमा नयाँ प्रविधिको अक्सिजन प्लान्ट जडान, सोमबार उद्घाटन हुने १२ वर्षमुनिका बालबालिकालाई कोभिड विरुद्धको खोप दिन पेडियाट्रिक सोसाइटीको माग गोल्डेन अस्पतालले स्वास्थ्य बीमाले तोकेको दरमा शल्यक्रिया सेवा प्रदान गर्ने के साँच्चै प्याजले कपाल झर्न कम गर्छ ? मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ प्रधानमन्त्रीले भने, ‘सावधानी अपनाएनौं भने बाध्य भएर जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्छ’ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल राष्ट्रिय ट्रमा सेन्टरमा नयाँ प्रविधिको अक्सिजन प्लान्ट जडान, सोमबार उद्घाटन हुने १२ वर्षमुनिका बालबालिकालाई कोभिड विरुद्धको खोप दिन पेडियाट्रिक सोसाइटीको माग गोल्डेन अस्पतालले स्वास्थ्य बीमाले तोकेको दरमा शल्यक्रिया सेवा प्रदान गर्ने के साँच्चै प्याजले कपाल झर्न कम गर्छ ?