गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ कोरोना जितेर फर्किए बुटवलबाट १० जना कोरोना जितेर फर्किए बुटवलबाट १० जना हेल्थ आवाज आईतबार, २०७७ जेठ ११ गते, ११:१९ मा प्रकाशित बुटवल—बुटवल कोरोना अस्पतालमा उपचाररत १० जना निको भएर घर फर्किएका छन् । दुई साताअघि अस्पताल भर्ना संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि शनिबार डिस्चार्ज गरिएको कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ट कन्सलटेन्ट डा. सुुदर्शन थापाले जानकारी दिए । कोरोना संक्रमण बढी देखिएको प्रदेश ५ मा निको हुनेको संख्या पनि बढ्दै गएको हो । यसअघि शुक्रबार बाँकेको खजुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना कोरोनो जितेर घर फर्किएका थिए । बुटवलबाट शनिबार साँझ घर फर्किएकाहरु सबै कपिलवस्तुका हुुन् । प्रदेश नं. ५ मा कपिलबस्तु र बाँके कोरोनाको ‘हट स्पट’ बनेका छन् । प्रदेश ५ मा आइसोलेसन अस्पतालमा बेडको संख्या कम हुँदा संक्रमितलाई व्यवस्थित गर्न गाह्रो बन्दै गएको छ । धागो कारखानाको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाले उपचार गराइरहेका थिए । यसअघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा निको भएर घर गइसकेको छन् । प्रदेश पाँचको कोरोना संक्रमितको संख्या २ सय ७१ छ । जसमध्ये निको ३२ जना र २ जनाले ज्यान गुमाएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनालले मानिस अनुशासनमा बस्ने सकेमा कोरोना संक्रमण रोक्न सकिने बताए । धागो कारखानामा २ सय बेड थप गरिदैछ । त्यस्तै बुटवल ११ देविनगरस्थित एन्फा एकेडेमीमा पनि ५० बेडको आइसोलेसन सेन्टर बनाइएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा