गृहपृष्ठ ∕ समाचार ∕ महामारी आए निजी अस्पताल पनि सरकारले संचालन गर्ने महामारी आए निजी अस्पताल पनि सरकारले संचालन गर्ने हेल्थ आवाज शुक्रबार, २०७७ जेठ १६ गते, ११:२४ मा प्रकाशित काठमाडौं—महामारीको समयमा सरकारले निजी क्षेत्रका स्वास्थ्य संस्थालाई उपयोग गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्यमा सो कुरा समेटिएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहिवार संसदमा प्रस्ताव गरेको बजेट वक्तव्यमा महामारीको समयमा निजी क्षेत्रका स्वास्थ्य संस्था सरकारले उपयोग गर्न सक्ने व्यवस्था मिलाएको बताए । साथै निजी अस्पतालले जिल्ला र स्थानीय तहमा अनिवार्य रुपमा विशेषज्ञ सेवा उपलब्ध गराने व्यवस्था गरेको पनि उनले संसदमा जानकारी गराए । ‘निजी अस्पतालले दिइरहेको सेवालाई प्रभावकारी रुपमा अनुगमन गर्दै विपद् र महामारीको समयमा निजी क्षेत्रका स्वास्थ्य संस्थालाई सरकारले उपयोग गर्न सक्ने व्यवस्था मिलाएको छु,’ डा. खतिवडाले भने ‘निजी क्षेत्रबाट सञ्चालित अस्पतालका चिकित्सकले जिल्ला अस्पताल र स्थानीय तहका स्वास्थ्य संस्थामा अनिवार्य रुपमा विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था मिलाएको छु ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ नियन्त्रण तयारीको ढाँचा बनाउँदा मासिक १० हजार बढी संक्रमित भएपछि निजी अस्पतालहरुलाई उपयोग गर्ने गरी निर्देशिका तयार गरेको छ । मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख समेत रहेका कोभिड— १९ इन्सिडेन्ट कमाण्ड सिस्टमका कोर्डिनेटर डा. गुणराज लोहनीका अनुसार भोलि सरकारी स्वास्थ्य संस्थाले नधानेको अवस्थामा निजी अस्पताललाई सरकारले उपचार प्रयोजनका लागि लिएर त्यहाँबाट सेवा दिने बताउँछन् । ‘भोलि संख्या थपिएर सरकारी अस्पतालले नभ्याउने अवस्था आए निजी अस्पताल लिएर सकारकारले त्यहाँबाट पनि सेवा दिन्छ,’ उनी भन्छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी… स्मार्ट हेल्थ क्लिनिकको पहिलो वार्षिकोत्सवको अवसरमा ७ दिने स्मार्ट हेल्थ… कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर… स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश… निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी… न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी धेरै पढिएका १ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ५ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ६ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ ७ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन TFN ट्रेण्डिङ १० करोड लगानीमा विराटनगरमा ‘हाजी आँखा अस्पताल’ संचालन, ५० जनाले पाए रोजगारी कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन पढाउन एनएमएलाई ९० लाख रुपैयाँ अनुदान दक्ष प्रसूतीकर्मीको तालिम दिँदै कोशी अस्पताल, १४ वर्षमा ७९२ जना दक्ष स्वास्थ्यकर्मी उत्पादन कोशीका सभामुख र विराटनगरका मेयरसहित ५४ जनाले गरे मृत्यु पश्चात अंग दान गर्ने घोषणा न्युरो हस्पिटलकी कार्यकारी निर्देशक अनिशा विष्टले पाइन् अन्तर्राष्ट्रिय सम्मान १० करोड लगानीमा विराटनगरमा ‘हाजी आँखा अस्पताल’ संचालन, ५० जनाले पाए रोजगारी कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन पढाउन एनएमएलाई ९० लाख रुपैयाँ अनुदान दक्ष प्रसूतीकर्मीको तालिम दिँदै कोशी अस्पताल, १४ वर्षमा ७९२ जना दक्ष स्वास्थ्यकर्मी उत्पादन कोशीका सभामुख र विराटनगरका मेयरसहित ५४ जनाले गरे मृत्यु पश्चात अंग दान गर्ने घोषणा न्युरो हस्पिटलकी कार्यकारी निर्देशक अनिशा विष्टले पाइन् अन्तर्राष्ट्रिय सम्मान