गृहपृष्ठ ∕ समाचार ∕ महामारी आए निजी अस्पताल पनि सरकारले संचालन गर्ने महामारी आए निजी अस्पताल पनि सरकारले संचालन गर्ने हेल्थ आवाज शुक्रबार, २०७७ जेठ १६ गते, ११:२४ मा प्रकाशित काठमाडौं—महामारीको समयमा सरकारले निजी क्षेत्रका स्वास्थ्य संस्थालाई उपयोग गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्यमा सो कुरा समेटिएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहिवार संसदमा प्रस्ताव गरेको बजेट वक्तव्यमा महामारीको समयमा निजी क्षेत्रका स्वास्थ्य संस्था सरकारले उपयोग गर्न सक्ने व्यवस्था मिलाएको बताए । साथै निजी अस्पतालले जिल्ला र स्थानीय तहमा अनिवार्य रुपमा विशेषज्ञ सेवा उपलब्ध गराने व्यवस्था गरेको पनि उनले संसदमा जानकारी गराए । ‘निजी अस्पतालले दिइरहेको सेवालाई प्रभावकारी रुपमा अनुगमन गर्दै विपद् र महामारीको समयमा निजी क्षेत्रका स्वास्थ्य संस्थालाई सरकारले उपयोग गर्न सक्ने व्यवस्था मिलाएको छु,’ डा. खतिवडाले भने ‘निजी क्षेत्रबाट सञ्चालित अस्पतालका चिकित्सकले जिल्ला अस्पताल र स्थानीय तहका स्वास्थ्य संस्थामा अनिवार्य रुपमा विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था मिलाएको छु ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ नियन्त्रण तयारीको ढाँचा बनाउँदा मासिक १० हजार बढी संक्रमित भएपछि निजी अस्पतालहरुलाई उपयोग गर्ने गरी निर्देशिका तयार गरेको छ । मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख समेत रहेका कोभिड— १९ इन्सिडेन्ट कमाण्ड सिस्टमका कोर्डिनेटर डा. गुणराज लोहनीका अनुसार भोलि सरकारी स्वास्थ्य संस्थाले नधानेको अवस्थामा निजी अस्पताललाई सरकारले उपचार प्रयोजनका लागि लिएर त्यहाँबाट सेवा दिने बताउँछन् । ‘भोलि संख्या थपिएर सरकारी अस्पतालले नभ्याउने अवस्था आए निजी अस्पताल लिएर सकारकारले त्यहाँबाट पनि सेवा दिन्छ,’ उनी भन्छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस