२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअब स्वास्थ्य मन्त्रालयले ५ लाखभन्दा कमको सहायता सामाग्री नलिने

अब स्वास्थ्य मन्त्रालयले ५ लाखभन्दा कमको सहायता सामाग्री नलिने


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब ५ लाखभन्दा कम रकम बराबरको सहायता सामाग्री नलिने भएको छ । मन्त्रालयले सहायता मापदण्ड तयार गरी त्यस्तो निर्णय गरेको हो ।

२३ जेठमा मन्त्रिस्तरीय निर्णय गरी तयार पारेको कोभिड-१९ को सन्दर्भमा मन्त्रालयलाई विभिन्न दातृ निकाय/सहयोगी निकायले प्रदान गर्ने सहायता सामाग्री सम्बन्धी न्युनतम मापदण्ड तयार गरेको हो ।

नयाँ मापदण्डअनुसार सहायता सामाग्री प्रदान गर्ने निकायले जुन प्रयोजनका लागि सहायता गर्ने हो त्यसको पूर्ण सेट नै उपलब्ध गराउनुपर्ने समेत उल्लेख छ । ‘

‘सहायता सामाग्री प्रदान गर्ने निकायले जुन प्रयोजनका लागि सहायता प्रदान गर्ने हो, सो को लागि आवश्यक सम्पूर्ण एक्ससरीजसमेत संलग्न गरी एकमुष्ट सेट प्रदान गरे मात्र स्वीकार गरिनेछ,’ मापदण्डमा भनिएको छ ।

त्यसैगरी सहायता सामाग्री मापदण्डमा सहायता सामाग्रीको गुणस्तर नेपाल सरकारको गुणस्तर नियामक निकाय ( गुणस्तर तथा नाप तौल विभाग या औषधी व्यवस्था विभाग)बाट गुणस्तर प्रमाणित भएको हुनु्पर्नेछ । नेपाल भित्रको गुणस्तर निकायले गुणस्तर प्रमाणित गर्न नसक्ने अवस्थामा उत्पादक देशको गुणस्तर प्रमाणित गर्ने निकायले गरेको हुनुपर्छ ।

दाताले दिएको सामाग्रीको वारेन्टी अवधिभरको रिपियर र मेन्टेनेन्स तथा संचालन गर्न सामाग्री लिने संस्थाको कर्मचारीलाई अभिमुखीकरण प्रदान गर्ने प्रतिबद्धता नै गर्नुपर्ने उल्लेख छ । साथै नेपाल भित्र मर्मत सम्भार गर्न नसकिने सामाग्री भएमा सामाग्रीको वारेन्टी अवधी भित्रको मर्मत सम्भार कार्य सहयोगी निकायले नै गराउनुपर्ने उल्लेख छ ।

मापदण्ड


क्याटेगोरी : समाचार
ट्याग : #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ