२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकै दिन २४ जिल्लाका थप २९२ जनामा देखियो कोरोना पोजेटिभ

एकै दिन २४ जिल्लाका थप २९२ जनामा देखियो कोरोना पोजेटिभ


काठमाडौं— देशका विभिन्न २४ जिल्लाका थप २९२ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमा सबैभन्दा बढी प्रदेश २ मा ७ जिल्लामा एकैदिन १७५ जना संक्रमित थपिएका छन् ।

सर्लाहीमा एकैदिन १२० जनामा कोरोना पोजेटिभ देखिएको हो । यस्तै, सप्तरीमा १६ जना, महोत्तरी १२ जना, रौतहटमा ११ जनामा कोभिड—१९ देखिएको हो । यस्तै, पर्सामा ८ जना, बारामा ७ जना र धनुषामा १ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ ।

यस्तै, भैरहवास्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ४४ जनामा कोभिड—१९ पुष्टि भएको हो । जसमध्ये अर्घाखाँची ३२ जना, रुपन्देही २ जना, प्यूठानका ८ जना, गुल्मी र पाल्पामा १÷१ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ ।

प्रदेश १ को प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १६ वटामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमध्ये झापा ६ जना, सुनसरीमा १ जना, मोरङका ९ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो । जसमध्ये १८ जना बर्दिया र १ जना बाँकेका छन् ।

यस्तै, पोखरास्थित प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । जसमा कास्कीका पोखरा महानगरपालिका—९ का १ जनामा रहेका छन् । यस्तै स्याङजा वालिङका १ जनामा पनि कोभिड—१९ पोजेटिभ देखिएको छ ।

कर्णाली प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १६ जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ । पोजेटिभ देखिनेहरुमा दैलेखका १०, सल्यानका ५ र सुर्खेतका १ रहेको प्रदेश सामाजिक विकास मन्त्रालयले जानाएको छ । यो सँगै कर्णालीमा मात्रै ६ सय ५७ जनामा कोरोना पुष्टि भएको छ ।

सोमबार चितवनको भरतपु्र प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा कोभिड-१९ पुष्टि भएको छ । जसमा १७ जना चितवन र ३ जना नवलपरासीका रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #कोभिड-१९, #पोजेटीभ, #भैरहवास्थित प्रादेशिक प्रयोगशाला


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ