२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविराटनगरको नोबेल मेडिकल कलेज तनाबग्रस्त

विराटनगरको नोबेल मेडिकल कलेज तनाबग्रस्त


विराटनगर–नोबेल मेडिकल कलेजमा उपचारको क्रमममा एक जना विरामीको मृत्यु भएपछि आइतबार दिउँसो तनाबग्रस्त बनेको छ । घुडाकोे शल्यक्रिया गरेपछि सुनसरीको दुहवी नगरपालिका – ६ का ४७ वर्षिय सुनिल कुमार साहको आइतबार विहान मृत्यु भएको थियो ।

चिकित्सवले उपचारको क्रमममा लापारबाहि गरेको भन्दै मृतकका आफन्तहरू अहिले आन्दोलनमा उत्रिएका छन् । लापारबाही गर्ने चिकित्सवलाई कारवाहीको माग राख्दै उनीहरूले अस्पताल अगाडी नाराबाजी गर्दै बसेका हुन् । करिब तीन सयको खंख्यामा पीडितका आफन्त र स्थानिय आन्दोलित छन् । घरबाट मोटसाइकल निकाल्ने क्रममा गत बिहीबार साहको घोडामा चोट लागेको थियो । सोही दिन घोडामा लागेको चोटको नोबेलमा उपचारपछि घर फर्किएका थिए । साह शुक्रबार फलोअपमा नोबेल अस्पताल आएका थिए । हाडजोर्नी तथा नशारोग विशेषयज्ञ डा. धिरज सिंहले शल्यक्रिया गरिनुपर्ने बताएपछि उनलको टिमले साहको शल्यक्रिया गरेको थियो ।

‘डा. सिंहले घोडामा लागेको चोट बढदै गएकोले शल्यक्रिया गरिनुपर्ने बताएका थिए । शल्यक्रिया गर्न हामी पनि तयार भयौं । शनिबार शल्यक्रिया भयो । त्यसदिन हामीलाई भेटन दिइएन,’ ‘मृतकका भाई प्रदिप साहले भने, ‘आइतबार विहान त मृत्यु भइसकेको जानकारी दिइयो । यस्तो खबर सुन्दा हाम्रो होस उड्यो । एक छिन अगाडी घरबाट मोटसाइकल चलाएर आएको मान्छे, अहिले चिकित्सवले मृतक घोषणा ग¥यो । खुटाको उपचार गर्दा मान्छे कसरी मृत्यु भयो ? त्यो पनि विहान मृत्यु भएको रहेछ । हामीलाई आइतबार ९ बजेमात्र जानकारी दिइयो ।’ उपचारमा लापारबाही गर्ने चिकित्सवलाई कडा कारवाहीको माग पीडित पक्षले राखेको छ ।

यता नोबेल मेडिकल कलेजका प्रशासकिय अधिकृत नारयण दाहालले उपचारको क्रममा विरामीको मृत्यु भएको भन्दै अस्पतालले कुनै पनि लापारबाही नगरेको दाबी गरे । चिकित्सवले दिएको जानकारी अनुसार शल्यक्रिया गरेपछि वार्डमा सार्ने क्रममा हृदयघात भएर मृत्यु भएको उनले बताए । ‘शल्यक्रिया पछि विरामी वडामा सार्ने क्रममा हदृयघात भएको चिकित्सकले जानकारी दिनुभयो’ उनले भने ‘विरामीलाई बचाउन हामीले तत्काल आइसियूमा राखेर हरसम्मभवको उपचार गरेको हो ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ