२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि

सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि


जनकपुर – सप्तरीको एउटै स्थानीय तहमा १६ जना कोरोना संक्रमित थपिएका छन् । बलान बिहुल गाउँपालिकामा १६ जना संक्रमित थपिएको पुष्टि जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले बताए ।

संक्रमितहरु गाउँपालिकाको वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना रहेको स्वास्थ्य कार्यालय प्रमुख दुनियाँलाल यादवले वताए । उनका अनुसार संक्रमितमध्ये एक जना ३५ वर्षीया महिला समेत छिन् ।

संक्रमित सबैलाई सदरमुकाम राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा ल्याउने तयारी भइरहेको बताए । संक्रमित देखिएका सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिहरु हुन् । १६ जना संक्रमित देखिएसँगै सप्तरीमा मात्रै संक्रमितको संख्या ९३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ