२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ११ सय जनाको परीक्षण गर्दा देखिएन कोरोना पोजेटिभ

काठमाडौं उपत्यकामा ११ सय जनाको परीक्षण गर्दा देखिएन कोरोना पोजेटिभ


काठमाडौं—स्रोत बिना संक्रमित भेटिएका काठमाडौंका १२ स्थानमा समुदायमा परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको छ । काठमाडौंका १२ स्थानका १२ जनामा कोभिड—१९ देखिएतापनि पनि उनीहरुको संक्रमण स्रोत पत्ता नलागेपछि समुदायमा कोरोना फैलिसकेको केही विज्ञहरुले दाबी गर्दै आएका थिए ।

इपिमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ती संक्रमितहरुको सम्भावित ट्रेसिङ गरी प्रत्येक ठाउँबाट १ सय जनाको स्वाब लिएर परीक्षण गरेको थियो । १२ ठाउँबाट संकलन गरिएका १२ सय स्वाबमध्ये १ हजार १ सय १६ जनाको रिपोर्टमा आइसकेको इडिसिडीका प्रमुख डा. वासुदेव पाण्डेले जानकारी दिए ।

‘रिपोर्टका आएका सबैको कोरोना नेगेटिभ पाइएको छ’ डा. पाण्डेले भने, ‘अब ८४ जनाको रिपोर्ट आउन बाँकी छ ।’ काठमाडौं उपत्यकामा तीनकुनेमा १ जना, कपनमा १ जना, भक्तपुरमा १ जना, खुशिबु १ जना, कागेश्वरीमा १ जना, नख्खुमा १ जना, मैतीदेवीमा १ जना, बोडेमा १ जना, कोटेश्वरमा १ जना, ललितपुरको प्यूटारमा १ जना, टोखामा १ जना र शंखमुलका १ जनामा कोरोना संक्रमितको संक्रमण स्रोत खुल्न सकेको थिएन । त्यही एरियाबाट इडिसिडीले नमुना संकलन गरेर परीक्षण गरेको थियो ।

इडिसिडीले काठमाडौंका कोरोना संक्रमण उच्च जोखिम रहेका काम गर्ने स्थल (सर्विस एरिया)बाट ५ हजारको स्वाब संकलन गरी परीक्षण गर्ने काम पनि गरिरहेको छ ।

जसमा ३ हजारको स्वाब कलेक्सन गरी परीक्षण भैरहेको छ भने २ हजारको स्वाब कलेक्सन गर्ने कार्य जारी रहेको डा. पाण्डेले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं, #कोरोना, #ट्रेसिङ, #डा. वासुदेव पाण्डे


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ