गृहपृष्ठ ∕ प्रदेश १ ∕ म्याद गुज्रिएको औषधी बेच्ने ३ लाख धरौटीमा रिहा म्याद गुज्रिएको औषधी बेच्ने ३ लाख धरौटीमा रिहा हेल्थ आवाज शनिबार, २०७७ असार २७ गते, १८:५८ मा प्रकाशित विराटनगर—मानव स्वास्थ्यमाथि खेलवाड गर्दै म्याद गुज्रिएको औषधी बिक्री गरेको आरोपमा पक्राउ परेका विराटनगर– ९ को हाम्रो फ्रेन्डसीप फार्मेसीका संचालक विकास मण्डल धरौटीमा छुटेका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश तेजबहादुर खड्काको इजालसले मण्डललाई ३ लाख रुपैयाँ धरौटीमा छोडन आदेश दिएको हो । अदालतले तोकेको धरौटी रकम बुझाएर मण्डल तारेखमा छुटेको मोरङ अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । गत १६ फागुनमा औषधी व्यवस्था विभाग विराटनगरले गरेको अनुगमनको क्रममा फ्रेन्डसीप फार्मेसीबाट १५ प्रकारको औषधी म्याद गुज्रिएको बरामद भएको थियो । औषधी व्यवस्था विभागका फार्मेसी अधिृकत चतुर्भुजप्रसाद यादवको नेतृत्वको टोलीले हाम्रो फ्रेन्डसीप फार्मेसीबाट म्याद सकिएको औषधी बरामद गरेपछि संचालक मण्डललाई पक्राउ गरेको थियो । पक्राउ परेका मण्डललाई हिरासतमा राखेर नेपाल औषधी व्यवस्था विभाग विराटनगरले अनुसन्धान पूरा गरेपछि अदालतमा अभियोग दायर गरेको थियो । अदालतमा अभियोग दर्ता भएपछि थुनछेक बहसपछि आएको आदेशले मण्डल छुटेका हुन् । मण्डललाई औषधी ऐन—२०३५ को दफा १८ बमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाएको थियो । फ्रेण्डसीप फार्मेसीले म्याद सकिएको औषधीमा लेबल लगाएर नयाँ मिति जारी गरी औषधी पुनः बिक्री गर्ने गरेको पाइएको थियो । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आयुर्वेदिक औषधि उत्पादन विदेश निर्यातका लागि सघाउन जिएमपी प्रमाणपत्र दिइने परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको आईभीएफ निःसन्तान दम्पत्तिका लागि… विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा… स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र उपभोक्ता ऐनको दायरामा पार्नु हुँदैन : चिकित्सकहरु चिकित्सक आन्दोलनको असरः उपचार नपाएर बिरामीको बेहाल जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न नायिका एवं व्यवसायी जेविकाको ‘हेल्थ एण्ड फिटनेस’ रहस्य सुर्खेतमा चिकित्सकले गरे ओपिडी सेवा बन्द मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो यौगिक कर्मद्धारा आफूलाई चिनौं –गुरुदेशलाई चिनाऔं नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न नायिका एवं व्यवसायी जेविकाको ‘हेल्थ एण्ड फिटनेस’ रहस्य सुर्खेतमा चिकित्सकले गरे ओपिडी सेवा बन्द मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो यौगिक कर्मद्धारा आफूलाई चिनौं –गुरुदेशलाई चिनाऔं