२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररक्तसञ्चार सेवाको ५३ औं वार्षिकोत्सव सम्पन्न

रक्तसञ्चार सेवाको ५३ औं वार्षिकोत्सव सम्पन्न


काठमाडौं–नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाले ५३ औं वार्षिकोत्सव मनाएको छ । आइतबार कालिमाटी रेडक्रस मार्गमा रहेको स्वस्तिक फुडल्यान्डमा एक कार्यक्रमकामाझ वार्षिकोत्सव सम्पन्न भएको हो ।

काठमाडौं महानगपालिकाकी उपमेयर हरिप्रभा खड्गीको आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा रक्तदाताहरुप्रति आभार प्रकट गर्दै रक्त संकलनमा अमूल्य योगदान पु¥याएका विभिन्न संघसंस्था एवं शिविरहरुलाई अभिनन्दन गरिएको थियो । कार्यक्रममा दैनिक रुपमा रक्तदान कार्यक्रम गर्ने संस्था जागरण महिला समूहदेखि साप्ताहिक तथा पटक–पटक रक्तदान गरी सहयोग पु¥याउने विभिन्न संस्थाहरुको समेत सहभागिता रहेको थियो ।

पहिलो आर्थिक वर्षमा १ सय ५७ युनिट मात्र रगत संकलन गरेको यस सेवाले हालसम्म २ लाख ७ हजार ९ सय २२ युनिटहरु रगत संकलन गरेको छ । यसैगरी, गएको आर्थिक वर्षमा मात्र ३ लाख ४५ हजार १ सय ५१ युनिट रगत वितरण भएको सो अवसरमा जानकारी दिइएको थियो ।
वि.सं. २०२३ सालमा स्थापना भएको रेडक्रस तथा समाजसेवीहरुको पहलमा रक्त सेवा सुरु भएको सम्झिंदै सेवाका निर्देशक दिव्यराज पौडेलले भने, ‘हाल यस सेवाले देशको ७३ जिल्लाको १ सय ८ ठाउँहरुबाट रगत संकलन गरिरहेको छ ।’

कार्यक्रममा सेवाको कार्यप्रगति विवरण समेत जानकारी गराउँदैं भावी योजना समेत प्रस्तुत गरिएको थियो ।
वि.सं २०२३ श्रावण १२ गते स्थापना भएको यस सेवाले विभिन्न घटना, दुर्घटना तथा बिरामी भएका व्यक्तिहरुलाई रगत प्रदान गर्दै आएको छ । नेपालमा पहिलेको तुलनामा रक्तदाताहरु बढेता पनि अझै यसमा महिलाहरुको संख्या न्यून रहेको बताउँदैं निर्देशक पौडेलले भने, ‘पुरुषका तुलनामा महिलाहरुलाई नै बढी रगतको आवश्यकता पर्ने भएता पनि यस्ता गतिविधिहरुमा उनीहरुकै संख्या अझ कम रहेको छ ।’
नेपालमा हाल कुल रक्तदाताहरुमध्ये ८३.९ प्रतिशत पुरुष छन् भने १६.१ प्रतिशत मात्र महिला रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ