२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअवैध शुल्क लिने तीन अस्पतालमाथिको छानविन प्रतिवेदन स्वास्थ्य मन्त्रालयले लुकायो

अवैध शुल्क लिने तीन अस्पतालमाथिको छानविन प्रतिवेदन स्वास्थ्य मन्त्रालयले लुकायो


काठमाडौं– कोभिड–१९ को पिसिआर परीक्षण हुने भन्दै अवैध शुल्क लिने तीन अस्पतालमाथिको छानविन प्रतिवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लुकाएको छ । राजधानीका ठूला भनिएका ह्याम्स अस्पताल, ग्राण्डी अन्तराष्ट्रिय अस्पताल र नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमाथि गरिएको छानविन प्रतिवेदन मन्त्रालयले लुकाएको हो ।

यी तीन अस्पतालले पिसिआर परिक्षणको नाममा अवैध शुल्क लिने गरेको खुलेपछि मन्त्रालयले छानविनका लागि समिति गठन गरेको थियो । सो समितिले छानविन गरी प्रतिवेदन बुझाएको एक हप्ता बितिसक्दा पनि मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको छैन र कुनै प्रक्रिया पनि अगाडि बढाएको छैन ।

तीन अस्पतालले पिसिआर परिक्षण गर्ने नाममा अवैध रुपमा शुल्क लिने गरेको २६ असारमा हेल्थआवाजले समाचार प्रकाशित गरेको थियो । त्यसको लगत्तै दुई दिनपछि सचिवस्तरीय निर्णय गरी मन्त्रालयका उपसचिव पानबहादुर क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो ।

सो समितिले छानविन गरी मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई बुझाएको प्रतिवेदनमाथि कुनै प्रक्रिया अघि नबढेको मन्त्रालय स्रोतले जनाएको छ ।

छानविन समितिका संयोजक क्षेत्रीले एकहप्ता अघि नै प्रतिवेदन सचिवलाई बुझाइसकेको बताए । ‘हामीले एक हप्ताअघि नै सचिवलाई प्रतिवेदन बुझाईसकेका छौं,’ उनले हेल्थ आवाजसँग भने, ‘हामीले हाम्रो काम सकिसकेका छौं, सचिवज्यूले अध्ययन गर्दै हुनुहुन्छ होला ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ