२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना संक्रमणबाट मृत्यु भएका ५६ जना, कसलाई अन्य के रोग ?

कोरोना संक्रमणबाट मृत्यु भएका ५६ जना, कसलाई अन्य के रोग ?


काठमाडौं—नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमित ५६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शनिबारसम्म देशभर ५६ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु भएका भनिएका अधिकांशको मृत्युको कारण कोरोनामात्र नभएर अन्य दीर्घ रोग पनि रहेको मन्त्रालयको तथ्यांकले उल्लेख छ । कोरोना संक्रमित मृतकमध्ये मिर्गौला रोगका बिरामी ८ जना, निमोनियाका बिरामी ६ जना, मधुमेहका बिरामी ७ जना, मुटु रोगका बिरामी ५ जना, क्षयरोगका बिरामी ४ जना, क्यान्सर पीडित ३ जना रहेका छन् ।

जेठ ४ गते नेपालमा पहिलोपटक कोरोना संक्रमित एक महिलाको मृत्यु भयो । ९ दिनको सुत्केरीसमेत रहेकी ती महिलाको मृत्यु भैसकेपछि गरिएको पिसिआर परीक्षणमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । तर, उनको मृत्यु कोरोनासँगै निमोनिया रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी, ललिपुरस्थित किष्ट अस्पतालमा जेठ १० गते निधन भएका ५७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु पनि कलेजो क्यान्सरका कारण भएको थियो । त्यस्तै, बारास्थित नेशनल मेडिकल कलेजमा जेठ १२ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा कडा खालको दम र मिर्गौलाको समस्या र पुरानो क्षयरोग थियो । जेठ १६ गते मृत्यु भएका पाल्पाका ४५ वर्षीय पुरुषमा निमोनिया, जेठ ८ गते मृत्यु भएका गुल्मीका ४१ वर्षीय पुरुषमा निमोनिया र रगतमा संक्रमण देखिएको छ ।

यस्तै, जेठ २१ गते मृत्यु भएका दोलखाका ७६ वर्षीय पुरुषमा मस्तिष्कघात कारण देखाइएको छ । उनीहरुको कोभिड-१९ परिक्षण गर्दा पोजेटभ देखिएको थियो । जेठ २५ गते मृत्यु भएकी कैलालीकी ५५ वर्षीया महिलामा मिर्गौलाको समस्या, जेठ २५ गते मृत्यु भएकी बाजुराकी २ वर्षीया बालिका निमोनियाका कारण मृत्यु भएको तथ्यांकमा उल्लेख छ । यस्तै, जेठ २६ गते मृत्यु भएका स्याङ्जाका ६० वर्षीय पुरुष मिर्गौला रोगबाट पीडित थिए । जेठ २६ गत नै मृत्यु भएका चितवनका ६८ वर्षीय पुरुष निमोनिया र सुगरको बिरामी, जेठ ३० गते मृत्यु भएका बाराका ५ वर्षीय बालकमा खोकी र ज्वरो, जेठ ३२ गते मृत्यु भएका गुल्मीका ३६ वर्षीय पुरुष क्यान्सर रोगबाट पीडित थिए ।

असार २ गते मृत्यु भएकी बाँकेकी ४६ वर्षीया महिला मिर्गौला रोगबाट पीडित, असार २ गते कैलालीमा मृत्यु भएकी महिलामा टाउकोमा चोट लागेको र रक्तअल्पता, असार ५ गते मृत्यु भएका गुल्मीका ६९ वर्षीय पुरुष प्यारालाइसका बिरामी, असार ८ गते मृत्यु भएका सुर्खेतका ४५ वर्षीय पुरुष क्षयरोग र दमको बिरामी, असार १० गते मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुष गम्भीर निमोनिया र मधुमेहका कारण मृत्यु भएको थियो ।

असार ११ गते मृत्यु भएका चितवनका ४९ वर्षीय पुरुषको मिर्गौला प्रत्यारोपण गरिएको थियो । यस्तै, असार ११ गते बाटोमै मृत्यु भएको भनिएकी दाङकी ३० वर्षीया महिलाको पनि कोरोना पुष्टि भएको थियो । उनको मृत्युको कारण कोरोना नभएको तर के कारणले उनको मृत्यु भयो भन्ने बारेमा तथ्यांकमा खुलाइएको छैन । यस्तै, असार १३ गते मृत्यु भएका कैलालीका ५० वर्षीय पुरुष फोक्सो क्यान्सरबाट पीडित, असार १४ गते मृत्यु भएका अछामका ४५ वर्षीय पुरुष मधुमेहका बिरामी, असार १९ गते मृत्यु भएका काठमाडौंका ८५ वर्षीय पुरुष उच्च रक्तचाप र पारकिन्सनका बिरामी थिए ।

असार २० गते मृत्यु भएका गोरखाका ४४ वर्षीय पुरुष मधुमेहको बिरामी, असार १७ गते मृत्यु भएका रुपन्देहीका ७५ वर्षीय पुरुष क्षयरोगका बिरामी, असार १७ गते नै त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका म्याग्दी ४९ दिनका शिशुमा नाक र मिर्गौलामा समस्या, असार २२ गते मृत्यु भएका बाग्लुङका २९ वर्षीय पुरुष क्षयरोगका समेत बिरामी थिए ।

२६ असारमा मृत्यु भएका काठमाडौं शंखमुलका ६० वर्षीय पुरुषको फोक्सोमा पानी जमेको र मिर्गौलाका बिरामी, असार २५ गते मृत्यु भएका काठमाडौं गोकर्णेश्वरका ५४ वर्षीय पुरुष मिर्गौलाका बिरामी, असार २५ गते मृत्यु भएका सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुष क्षयरोगका बिरामी थिए ।

यस्तै, साउन १ गते मृत्यु भएका सप्तरीका ७३ वर्षीय पुरुष सुगर तथा मुटुको बिरामी, साउन ९ गते मृत्यु भएकी पर्साकी ८५ वर्षीया महिलामा निमोनिया र मुटु सम्बन्धि बिरामी, असार ९ गते मृत्यु भएकी बाराकी १७ वर्षीया किशोरीमा अक्सिजनको मात्रा कमी हुनका साथै पखाला लाग्ने, जिउ काम्ने र श्वासप्रश्वासमा समस्या, साउन ११ गते मृत्यु भएका भारतका ६५ वर्षीय पुरुष मुटु तथा मधुमेहका बिरामी, साउन १४ गते मृत्यु भएका पर्साका ७० वर्षीय पुरुष मुटु तथा मधुमेहका बिरामी, साउन १४ गते नै मृत्यु भएका पर्साका ६८ वर्षीय पुरुष मिर्गौलाका बिरामी थिए ।

साउन १५ गते मृत्यु भएका पर्साका ५६ वर्षीय पुरुष मुटुको रोगी थिए । त्यस्तै, साउन १५ गते नै मृत्यु भएका पर्साका ३५ वर्षीय पुरुषमा ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएको थियो । योबाहेक उनमा अन्य कुनै लक्षण नदेखिएको जनाइएको छ । सोही दिन ललितपुरको पाटन अस्पतालमा मृत्यु भएकी ६५ वर्षीया महिलामा मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो ।

नेपालमा मधुमेह, उच्च रक्तचाप, दम र मिर्गौलाका समस्या भएका व्यक्तिमा बढी असर गरेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । पश्चिमा देशहरुमा वृद्धवृद्धा बढी मृत्यु भएतापनि नेपालमा पुरानो कडा रोग लागेका जुनसुकै उमेरका मानिसमा मृत्यु भएको देखिएको उनी बताउँछन् ।

कोरोना संक्रमणकै कारण ५ जनाको मृत्यु !

हालसम्म मृत्यु भएका ५६ जनामध्ये ५ जनाको मात्रै कोरोना संक्रमणका कारण मृत्यु भएको तथ्यांकमा उल्लेख छ । जसमा कैलालीका ४६ वर्षीय पुरुष, रौतहटका ३० वर्षीय पुरुष, रौतहटका ३६ वर्षीय पुरुष, वीरगञ्जका ७० वर्षीय पुरुष र मोरङका ४५ वर्षीय पुरुषको कोभिड–१९ संक्रमणकै कारण मृत्यु भएको जनाइएको छ । ती कोरोना संक्रमितहरुमा अन्य कुनै पनि रोग नभएको देखिन्छ ।

जसको मृत्युको कारण खुलाइएको छैन

हालसम्म मृत्यु भएका अधिकांश कोरोना संक्रमितको मृत्युको कारण अरु नै भएको उल्लेख गरिएतापनि कतिपय संक्रमितको भने कारण खुलाइएको छैन । हेल्थ आवाजलाई प्राप्त तथ्यांकमा जेठ १५ गते मृत्यु भएका कपिलवस्तुका ३५ वर्षीय पुरुष, जेठ १८ गते मृत्यु भएका बाँकेका २५ वर्षीय पुरुष, जेठ १९ गते घरमै मृत्यु भएका दैलेखका ३५ वर्षीय पुरुष, जेठ २२ गते मृत्यु भएका डोल्पाका ५९ वर्षीय पुरुषको मृत्युको कारण खुलाइएको छैन् ।

यस्तै, जेठ २३ गते मृत्यु भएका २० वर्षीय पुरुष, जेठ २९ गते मृत्यु भएका अर्घाखाँचीका ५७ वर्षीय पुरुष, जेठ ३० गते मृत्यु भएका पर्साका २५ वर्षीय पुरुष, साउन ६ गते मृत्यु भएका धनुषाका ६० वर्षीय पुरुष, साउन ७ गते काठमाडौंमा मृत्यु भएकी ५० वर्षीया चिनियाँ महिलाको पनि मृत्यु कारण उल्लेख छैन् ।

साउन १० गते मृत्यु भएका बाराका ६० वर्षीय पुरुषको मृत्यु कोरोनाको कारण हो अथवा अन्य रोगको कारण हो भन्ने खुलाइएको छैन । यस्तै, साउन १५ गते मृत्यु भएका पर्साका ६५ वर्षीय पुरुषको पनि मृत्युको कारण उल्लेख गरिएको छैन । तर, मृत्यु पश्चात गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

हेर्नोस स्वास्थ्य मन्त्रालयको तथ्यांक 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ