२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेश७ जना कोरोनामुक्त भएर डिस्चार्ज

७ जना कोरोनामुक्त भएर डिस्चार्ज


दोलखा—दोलखाको सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसनमा रहेका ७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । कोरोना भाइरस पोजिटिभ देखिएपछि आइसोलेसनमा राखेका उनीहरुको पिसिआर पुनः परीक्षण गर्दा नेगेटिभ आएपछि डिसचार्ज गरिएका हुन् ।

कोरोना जितेर घर फर्किनेहरुमा दुई जना सुरक्षाकर्मी, चार जना एनजीओकर्मी र १ जना स्वास्थ्यकर्मी रहेका छन् । उनीहरुको भाद्र २ गते स्वाब संकलन गर्दा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमित भएका ३० जनामध्ये ७ जना निको भएर घर फर्केका छन् । चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा बसेका ७ जना बुधबार निको भएसँगै घर फर्केका हुन् ।

पुनः भाद्र १२ गते स्वाब संकलन गरी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको र आज उनीहरुलाई विदाइ गरिएको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटका प्रमुख डाक्टर रिना लामिछानेले बताइन् ।

कोरोनामुक्त भएका उनीहरुलाई स्वास्थ्यकर्मीहरुले बिदाइ गरेका थिए । प्रस्तावित चरिकोट अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर विनोद दंगालले उनीहरुलाई कोरोनामुक्त भएको सर्टिफिकेट प्रदान गरेका थिए । कोरोनाका बिरामीहरुलाई समाजको दृष्टिकोण फरक भएपनि आइसोलेसनमा व्यवस्थापन तथा स्वास्थ्यकर्मीहरुको राम्रो व्यवहार भएकै कारण छिटो कोरोनामुक्त हुन सहज भएको उनीहरुले बताएका छन् ।

कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला साउन ३१ गतेदेखि लकडाउनमा रहेका छन् । हालसम्ममा जिल्लामा ३१ संक्रमित संख्या पुगेको छ भने १३ जना आइसोलेसनमा रहेका छन् । जिल्लाको उत्तरी क्षेत्र गौरीशंकर गाउँपालिकामा हालसम्म बढी संक्रमित भेटिएका छन् । कोरोनालाई जितेर हालसम्म १८ जना डिसचार्ज भइसकेका छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ