२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशदोलखामा कोरोना संक्रमितको संख्या १ सय ३० पुग्यो

दोलखामा कोरोना संक्रमितको संख्या १ सय ३० पुग्यो


दोलखा – दोलखामा कोरोना संक्रमितको संख्या १ सय ३० पुगेको छ । गत हप्ता पठाएको ६५ जनाको स्वाब संकलनको रिपोर्ट अनुसार गएको बिहिबार एकैदिन थप ३१ जनामा कोरोना रिपोर्ट पोजिटिभ आएपछि  जिल्लामा संक्रमितको संख्या १ सय ३० पुगेको हो।

दोलखाका सहइञ्चार्ज बासुदेव अधिकारीले एकैदिनमा जिल्लामा यति धेरै संक्रमित भेटिएको यो पहिलो पटक रहेको जानकारी दिए ।

चाडपर्वमा नागरिकहरुको बढी आवतजावत भएकै कारण यति धेरै संक्रमणको संख्या बढ्नुको कारण रहेको दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले बताए ।

चाडपर्वको समयमा काठमाडौँबाट गाउँ फर्केका धेरै भएकाले आगामी दिनमा झन यसको संख्यामा वृद्धि आउने प्रमुख जिल्ला अधिकारी शिवाकोटीले जानकारी दिए ।  सक्रिय संख्या भने ४९ जना रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट जिल्लामा  १ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ