२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपाशविक इतिहास बोकेको पुस्तक जसलाई हेरेर हुन्छ शल्यक्रिया

पाशविक इतिहास बोकेको पुस्तक जसलाई हेरेर हुन्छ शल्यक्रिया


स्नायु शल्य चिकित्शक डा. सुसन म्याकिनन शल्यक्रिया गर्नुअघि २०औं शताब्दीको एनोटोमी सम्बन्धि एउटा पुस्तक हेर्छिन । अमेरिकाको वासिंगटन युनिर्भसिटीकी डा. म्याकिनन मानव शरिरलाई पत्रै पत्रैमा देखाएको हातले कोरेको चित्रप्रति आभारी छिन् ।

शल्यक्रियापुर्व उनले अवलोकन गरेको तथा चित्रमा व्याख्या गरिएको पुस्तक पर्नकोप टोपोग्रयाफिक एनोटोमी अफ म्यान एनोटोमी क्षेत्रमा संसारकै उत्कृष्ट मानिन्छ । यसमा एनोटोमी सम्बन्धी विस्तृत र प्रष्ट तरिकाले सचित्र उल्लेख गरिएको छ ।

स्किन, मसल्स, टेन्डम, नर्भ, अर्गान र बोनलाई चित्रको माध्यमद्धारा व्याख्या गरिएको छ । तर, कमजोर मुटु भएकाले भने पुस्तक हेर्न सक्दैनन् ।

पुस्तक कालो इतिहासको एउटा अंश भएको आलोचकले आरोप लगाउदै आएका छन् । पुस्तकको पृष्ठभूमि सम्झदा डा. म्याकिननलाइ असहज लाग्छ । तर, पुस्तक नहेरी उनले आफ्नो काम गर्न सक्दिनन्

पर्नकप एटलास समेत भनिने पुस्तक प्रिन्ट भर्सनमा बाँकी छैन । यसलाई हजारौ पाउन्डमा केबल अनलाईनमा हेर्न सकिन्छ ।

नाजीले मारेका सयौ व्यक्तिको शब काटेर कोरिएका चित्र नै पुस्तकका सामाग्री हुन् । पुस्तकका प्राय पेजमा शरिरका विभिन्न अंगका टुक्राको चित्र देख्न सकिन्छ ।

पुस्तक कालो इतिहासको एउटा अंश भएको आलोचकले आरोप लगाउदै आएका छन् । पुस्तकको पृष्ठभूमि सम्झदा डा. म्याकिननलाइ असहज लाग्छ । तर, पुस्तक नहेरी उनले आफ्नो काम गर्न सक्दिनन् ।स्वास्थ्यसम्बन्धी कानूनका प्राध्यापक रबी जोसेफ पोलाक पुस्तक वास्तविक त्रासबाट सृजना भएको तर, यसलाई राम्रो कर्ममा उपयोग गर्न सकिने बताउछन् ।

पुस्तक अस्ट्रेलिायका प्रख्यात नाजी चिकित्सक इडवार्ड पर्नकोपको २० वर्षे परियोजना हो । सहकर्मीका अनुसार इडर्वाड अस्ट्रेलियाको नाजी पार्टी नेसनल सोसलिस्टका भक्त थिए । उनले काम गर्ने समयमा सधै नाजी पोसाक लगाउथे ।

युनिर्भसिटी अफ भियनाको मेडिकल स्कुलमा डिन बनेपछि उनले सो फ्याकल्टीका सम्पूर्ण यहुदीहरुलाई निस्काशन गरेका थिए । निस्काशन हुनेमा नोबेल पुरस्कार बिजेता पनि थिए ।

सन् १९३९ मा एउटा कानून बन्यो जसमा कैदमा मृत्युदण्ड पाएका कैदीको शबलाई नजिकैको एनोटोमी विभागमा अध्ययन तथा अनुसन्धानका लागि लैजाने प्राबधान थियो । यो अवधिमा शबका भित्री तथा बाहिरी अंगलाई झिक्न तथा टुक्राउन पर्नकोपले घन्टौ काम गरेका थिए भने एउटा चित्रकारको समूहले उनको कितापका लागि चित्रहरु कोरेको थियो । कहिलेकाही त एनेटोमी विभाग यति भरिएको हुन्थ्यो की कैदीलाई मृत्युदण्ड समेत स्थगित गर्नुपथ्र्यो ।

हार्वड मेडिक स्कुलका डा. साबिन हिल्डब्रान्डका अनुसार पुस्तकमा भएका ८ सय तस्बिरहरुमध्ये आधा चित्र मृत्युदण्डको सजाँय पाएका राजनीतिक बन्दीको थियो । त्यसबाहेक, समलिंगी, जिप्सी, बिद्रोही र यहुदीको बारेमा हुन्थ्यो ।

सन् १९३७ मा प्रकाशित एटलासको प्रथम संस्करणमा इरिच लिपर र कार्ल इन्डट्रेसरले स्वस्तिका चिन्ह प्रयोग गरेका थिए । सन् १९६४ को दुई भागको अग्रेंजी संस्करणमा नाजी चिन्ह प्रयोग गरिएको थियो ।

अटलासका हजारौ कपिलाई विश्वभर विक्री गरिएको थियो । यसलई पाँच भाषामा अनुवाद गरिएको थियो । कितापको परिचयमा लेखिएको छ, ‘ चित्रद्धारा प्रभावकारी व्याख्या ’ । सन् १९९० को दशकपछि मात्र विद्यार्थी र प्राज्ञिकहरुले अटलासमा भएका सामाग्रीबारे प्रश्न उठाएका थिए ।

पुस्तकबारे पाशविक इतिहासको खुलासापछि सन् १९९४ देखि पुस्तक प्रकाशनमा छैन । पुस्तकालयमा एतिहासिक दस्ताबेजको लागि राखिनु बाहेक एटलास प्रयोगमा नआएको बेलायतको रोयल कलेज अफ सर्जनले जनाएको छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ