२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रिन्सिपल प्रा.डा. चन्दा कार्कीसहित ११ जना चिकित्सकले छोडे केएमसी

प्रिन्सिपल प्रा.डा. चन्दा कार्कीसहित ११ जना चिकित्सकले छोडे केएमसी

प्रशासनका ३० भन्दा बढी कर्मचारीद्वारा राजीनामा


काठमाडौं—काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) की प्रिन्सिपल प्रा.डा. चन्दा कार्कीसहित ११ जना चिकित्सकले पदबाट राजीनामा दिएकf छन् । २१ वर्षदेखि काठमाडौं मेडिकल कलेजसँग आवद्ध रहेकी प्रा.डा. कार्कीले मंसिर १ गतेबाट लागु हुने गरी राजीनामा दिएकी हुन् ।

नयाँ व्यवस्थापन भित्रिएसँगै उनले पदावधि ६ महिना बाँकी छदैं पदबाट राजीनामा दिएकी हुन् । उनी काठमाडौं मेडिकल कलेजको ४ वर्ष प्रमुख कार्यकारी अधिकृत र पछिल्ला ८ वर्षदेखि प्रिन्सिपलका रुपमा कार्यरत थिइन् । बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ कार्की काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको कर्मचारीका तर्फबाट सञ्चालक समेत हुन् ।

प्रा.डा. कार्कीसँगै कर्मचारीका तर्फबाट सञ्चालक रहेका मेघराज खड्काले पनि राजीनामा दिएका छन् ।

मेडिकल कलेजका चर्चित चिकित्सकहरु पनि धमाधम राजीनामा दिन थालेका छन् । जसमा बरिष्ठ फिजिसियन प्रा.डा. अर्पणा न्यौपाने, बरिष्ठ बालरोग विशेषज्ञ डा. पुष्पराज शर्मा, बरिष्ठ साइक्याट्रिक प्रा. डा. सुदर्शनराज प्रधान, छाला रोग विशेषज्ञ डा. रुपक विश्वकर्मा र डा. गोविन्द पोखरेल, रेडियोलोजिष्ट डा. सुजन पन्त, डा. लभिका शाक्य र डा. स्मृति मुल्मीले पनि राजीनामा दिएका छन् ।

यस्तै, बरिष्ठ सर्जन डा. दिपकराज सिंहले पनि पदबाट राजीनामा दिएका छन् । काठमाडौंका मेडिकल कलेज स्रोतकाअनुसार उनीहरु सबैको राजीनामा स्वीकृत भइसकेको छ ।

भर्खरै एनेस्थेसियाका चिकित्सक डा. बाबुराजा श्रेष्ठ पनि राजीनामा दिएका छन् । तर, उनको राजीनामा स्वीकृत भइनसकेको बताइएको छ । केएमसी स्रोतकाअनुसार नयाँ व्यवस्थापन आएपछि प्रशासनतर्फका ३० भन्दा बढी कर्मचारीले राजीनामा दिइसकेका छन् ।

नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले केएमसीको बहुमत सेयर खरिद गरेसँगै पुराना चिकित्सक र कर्मचारीमा असन्तुष्टि चुलिएको थियो । सोही कारण उनीहरुले राजीनामा दिएका हुन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ