२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्य५० वर्षपछि पनि यौनजीवनलाई यथावत् राख्ने यी ४ मुलमन्त्र

५० वर्षपछि पनि यौनजीवनलाई यथावत् राख्ने यी ४ मुलमन्त्र


एउटा निश्चित उमेरपछि व्यक्तिको यौनजीवनमा विभिन्न समस्या देखिनु सामान्य हो । बढ्दो उमेरसंगै हार्माेनको स्तरमा आउने गडबढिका एवम् शरीरको ऊर्जामा आउने कमीका कारण यस्ता समस्याहरु देखा पर्दछ ।

युवावस्थाको ठिक विपरित ५० वर्ष कटेपछि सम्भोगका लागि अझ बढि सर्तकताखुला दिमाग र शारीरिक एवम् मानसिक ऊर्जाको आवश्यकता पर्दछ । उसोभए यी सब प्राप्त गर्नका लागि के गर्ने त? अझ भनौं ५० वर्षको उमेरपछि पनि व्यक्तिले यौन सन्तुष्टि कसरी प्राप्त गर्ने त? यसका लागि व्यक्तिले अलिकति फराकिलो दृष्टिकोणबाट सोच्नुपर्ने विज्ञहरु बताउँछन् ।

स्वस्थ यौनजीवनका लागि हामीले पाचौं दशक कटेपछि पनि स्वस्थ यौनजीवनलाई यथावत् राख्नका लागि अपनाउनु पर्ने उपयोगी काइदाहरु यस्ता छन्ः

१. नियमित शारीरिक व्यायाम

नियमित  व्यायामबाट व्यक्तिको मांसपेशीहरु तन्किने र मजबुत हुने हुन्छ । जसले शरीरमा एक किसिमको ऊर्जा उत्पन्न हुन्छ । यसका साथै व्यायामबाट शरीरको आकारमा आउने परिवर्तनका कारण व्यक्तिमा एक किसिमको आत्मविश्वास स्वतः उत्पन्न हुन्छ । जसले पनि व्यक्तिको यौनजीवनलाई बढावा दिन मद्दत गर्दछ ।

२. सदैव केहि नयाँ गर्ने कोसिस गरी रोचक बनाउनुहोस्

जब तपाई लामो समयसम्म एकै रुपमा आफ्नो पार्टनर सामु प्रस्तुत हुनुहुन्छ, तब तपाईको पार्टनरमा पनि यसले एक किसिमको दिग्दारी उत्पन्न गराउन सक्छ । तसर्थ, यसो नहोस् भन्नका लागि तपाईले आफ्नो पार्टनरका साथ केहि नयाँ रुपमा प्रस्तुत हुने कोशिस गर्नुपर्छ । यसो गर्नाले तपाईले यौन जीवनमा रोचकता प्रापत गर्न सक्नुहुन्छ ।

३. यौनजीवनभन्दा पर रहेर सोच्नु

‘थिंक वियोन्ड दि सेक्स’ अर्थात्, यौनसम्बन्ध भन्दा पर रहेर सोच्नु । हरेक समय यौनलाई मात्रै प्राथमिकता दिएर यौनसम्कर्पको दौरानमा आफूले पहिलेजस्तो प्रस्तुती दिन भनेर सोच्नुभन्दा अन्य यस्ता अनेकौं उपायहरु छन् जसले तपाईलाई आनन्द प्रदान गर्छ । तसर्थ सदैव यौनमा मात्रै तल्लीन नभई यौनभन्दा टाढा रहेर सोच्नु पनि आवश्यक रहन्छ ।

४. आफ्ना समस्याबारे यौन पार्टनरलाई खुलस्त पार्नुहोस्

बढ्दो उमेर यौनसँगै गतिविधिमा पनि कमी आउँदै जानुलाई एक स्वभाविक प्रकृया मानिन्छ । बढ्दो उमेरमा यो जुनसुकै व्यक्तिमा पनि देखिन्छ र, यसलाई हामीले नकार्न सक्दैनौं । हामीले के बुझ्नुपर्छ, भने स्वस्थ यौनजीवन भन्नाले सम्भोगको दोरानमा उचित प्रदर्शन मात्र गर्नु नभई पार्टनरसँगको एक स्वस्थ सम्बन्ध पनि हो ।

तसर्थ, यसका लागि हामीले आफूमा आई परेको समस्या आफ्नो पार्टनरलाई खुलस्त पार्नुपर्छ । यसो गर्नाले पार्टनरले सोहि अनुरुप तपाईलाई मद्दत गर्न सक्छ भने तपाईबीचको भावनात्मक निकटता सोहि किसिमले यथावत् रहिरहनेछ ।

-एजेन्सी


क्याटेगोरी : अन्य, यौन स्वास्थ्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ