२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १चौतर्फी आलोचनाले पछि हट्यो नोबेल मेडिकल कलेज

चौतर्फी आलोचनाले पछि हट्यो नोबेल मेडिकल कलेज

जरिवानाको नाममा लिँदै आएको बिलम्ब शुल्क नलिने निर्णय


विराटनगर– विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले विद्यार्थीहरूसँग बिलम्ब शुल्क नलिने निर्णाय गरेको छ ।कोरोना महामारीको कारण शुल्क समयमा बुझाउन नपाएका विद्यार्थीहरूसँग चर्को जरिवाना असुली गर्ने गरेको समाचार सार्वजनिक भएसँगै कलेजको चौतर्फी आलोचना र दबाव सृजना भएपछि बिलम्ब शुल्क नलिने निर्णय गरेको हो ।

कलेजले लकडाउन सुरू भएयता सात महिनाको समयमा शुल्क बुझाउन नसक्दा जरिवानाको नाममा लाग्ने बिलम्ब शुल्क नलिने निर्णय गरेको सूचना सार्वजनिक गरेको छ ।

‘कोरानाले विद्यार्थीलाई असर पु¥याएको कारणले २०७६ चैतदेखि ०७७ कार्तिक ३० गतेसम्म कलेजलाई बुझाउनुपर्ने शुल्कमा लाग्ने बिलम्ब शुल्क मिनाह गर्ने निर्णाय २८ कार्तिकमा बसेको उच्च व्यवस्थापनको निर्णयले गरेको छ,’ नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले जारी गरेको पत्रमा उल्लेख छ । २८ कार्तिकमा निर्णय भएको भए पनि ‘शुल्क मिनाहा सम्बन्धको’ सूचना मंसिर २१ गते मात्र नोबेल मेडिकल कलेजले सार्वजनिक गरेको हो । जरिवना शुल्क बुझाइसकेको विद्यार्थीको हकमा भने पत्रमा केही उल्लेख गरिएको छैन ।

यस अघि समयमा शुल्क बुझाउन नसक्दा नोबेल मेडिकल केलेजले विद्यार्थीहरूसँग १ लाख २० हजार रुपैयाँसम्म जरिवना तोकिएको पत्र फेला परेको थियो । कलेजले तोकेको जरिवाना शुल्क विद्यार्थीले नबुझाए परीक्षाबाट बञ्चित गराइदिने धम्की दिने गरेको विद्यार्थीहरूको गुनासो गरेका थिए । ‘डिप्लोमा इन फार्मेसी’ को तीन वर्षको कोर्स पूरा गरेको शुल्क नोबेलले ३ लाख ३७ हजार रुपैयाँ तोकेको छ ।

नोबेलले बनाएको मापदण्ड अनुसार विद्यार्थी भर्ना हुँदा १ लाख २० हजार रुपैयाँ र ३/३ महिनामा विद्यार्थीले २० हजार २ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने नियम छ । नोबेलले तोकेको समय भित्र शुल्क नबुझाए विद्यार्थीहरु चर्को जरिवानामा लिने गरेको थियो ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ