२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्घारा सामूहिक राजीनामा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्घारा सामूहिक राजीनामा


काठमाडौं–उपकुलपतिबाट नै चिकित्सकमाथि विभिन्न अनुचित बहानामा स्पष्टीकरण, बर्खास्ती, धम्कीलगायतका मनोबल खस्काउने कार्य भएको भन्दैं राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सामूहिक राजीनामा दिएका छन् । प्रतिष्ठानका चिकित्सकहरुले सामूहिक राजीनाका लागि लेखेको पत्र र जुटाएको हस्ताक्षर हेल्थआवाज डटकमले फेला पारेको छ ।

बिहीबार प्रतिष्ठानका २५ चिकित्सकहरुको नाम रहेको उक्त सामूहिक राजीनामा पत्र भोलि शुक्रबारको मिति राखेर बुझाएका हुन् । अहिले प्रतिष्ठानको उपकुलपति प्रा.डा. संगीता भण्डारी छन् ।

सामूहिक राजीनामा पत्रमा मनोबल खस्काउने किसिमका उपकुलपतिका ब्यवहारबाट चिकित्सकहरुले आफूहरु शारिरीक र मानसिक रुपमा विक्षिप्त भै काम गर्न नसक्ने स्थितीमा पुगेको उल्लेख गरेका छन् । उनीहरुले हालै प्रतिष्ठान ब्यवस्थापनले केही चिकित्सकहरु बर्खास्त गर्ने दुष्प्रयासको समेत विरोध गरेका छन् ।

‘उपकुलपति समक्ष हामीले पटक–पटक वातावरण मिलाई दिन आग्रह गरेपनि सो कुराको सुनुवाई नगरी हामीलाई चरम मानसिक पीडाको स्थिती सिर्जना भएका कारण हामी आज उपरानत कुनै पनि किसिमको चिकित्सकीय काम गर्न नसक्ने स्थिती भएका जानकारी गराउन चाहन्छौं,’ सामूहिक राजीनामा पत्रमा चिकित्सकहरुले लेखेका छन्, ‘र यसका साथै आजदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हामी सम्पूर्ण चिकित्सकले बाध्य भई सामूहिक राजीनामा दिएको कुरा जानकारी गराउँदछौं ।’

जसमा सामूहिक राजीनामा दिने २५ जनामध्ये २२ जनाको हस्ताक्षर समेत छ । उक्त राजीनामा पत्रमा राप्ती विज्ञान प्रतिष्ठानमा कार्यरत सबै चिकित्सकहरुको समर्थन भएको स्रोतले बतायो । स्रोतले हेल्थआवाजसँग भन्यो, ‘तीन जना साथीहरु बाहिर भएका कारण राजीनामा पत्रमा हस्ताक्षर गर्न सक्नुभएको छैन । उहाँहरुको पनि यो सामूहिक राजीनामालाई समर्थन छ ।

प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुको उक्त सामूहिक राजीनामा पत्रमा कुलपति कार्यलय, सहकुलपति कार्यलय, नेपाल मेडिकल एशोसियसन, नेपाल मेडिकल काउन्सिल र जिल्ला प्रशासन कार्यलय दाङलाई बोधार्थ राखेका छन् ।

राजीनामा पत्र र हस्ताक्षर


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ