२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १८ करोड लगानीमा बन्दै प्रदेश जनस्वास्थ्य प्रयोगशाला

८ करोड लगानीमा बन्दै प्रदेश जनस्वास्थ्य प्रयोगशाला

मुख्यमन्त्रीले गरे शिलन्यास


विराटनगर—आठ करोडको लागतमा प्रदेश १ मा सुविधासम्पन्न जनस्वास्थ्य प्रयोशाला निर्माण गरिने भएको छ । आगामी १५ असार भित्रमा निर्माण सम्पन्न गर्ने गरी प्रयोशालाको मंगलबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका छन् ।

प्रयोगशालामा जनरल ल्याव, नसर्ने रोग, सरुवा रोग, पीसीआर भाइरल कल्चर परीक्षणलगायतका काम हुने प्रदेश जनस्वास्थ्य निर्देशक जयवेन्द्र यादवले बताए । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि स्नातकोत्तर क्याम्पसले ८ कठ्ठा १२ धुर जमिन उपलब्ध गराएको छ ।

सेभ द चिल्ड्रेन र ग्लोबल फण्डसँगको सहायतामा जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ । भवन निर्माणका लागि बजेट उपलब्ध गराईे सेभ द चिल्ड्रेनका बरिष्ठ व्यवस्थापक हरिबोल बजगाईले जानकारी दिए । ६ महिना भित्रमा निर्माण सम्पन्न हुने गरी कामको थलानी हुनेछ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माणपछि विशिष्टकृत सेवा प्रदान हुने मुख्यमन्त्री शेरधन राईले बताए । उनले प्रयोगशालाका नाममा हुने गरेका वेथिती, अनियमितता, सर्वसाधारणलाई ठग्ने कार्यको नियमन हुने बताए । ‘प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रयोगशालाहरुको पनि प्रयोगशालाको काम गर्नेछ,’ उनले भने, ‘प्रदेश सरकारको लगानीमा बन्ने प्रयोगशालाले गुणस्तरीय सेवा प्रदान गर्नेछ ।’

सामाजिक विकास मन्त्री जीवन घिमिरेले विशिष्टीकृत परीक्षणका लागि काठमाडौं र भारतका विभिन्न सहरहरु जानुपर्ने समस्याको अन्त्य हुने बताए । प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट विशिष्टिकृत परीक्षण हुने उनको भनाइ छ । ‘प्रदेश भित्रका प्रयोगशालाको गुणस्तर मापनको जिम्मेवारी, शुल्कको नियमन, अनुगमनको काम प्रदेश प्रयोगशालाले गर्नेछ,’ मन्त्री घिमिरेले भने । शिलान्यासको ८ महिनापछि सेवा शुरु गरिने मन्त्री घिमिरेको दाबी छ ।

प्रदेश सांसद जयराम यादवले कुनैपनि परीक्षणका लागि काठमाडौं धाउनुपर्ने समस्याको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले निश्चित समयमा भवन निर्माण गरि सेवा सुरु गर्न सुझाव दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरमा प्रदेशस्तरीय जनस्वास्थ्य निर्माण हुने गौरवको विषय भएको बताए । उनले प्रयोगशाला निर्माणका लागि आवश्यक सहयोग गर्न महानगर तयार रहेको बताए ।

शिलान्यास कार्यक्रममा स्नातकोत्तर क्याम्पस विराटनगरका प्रमुख महेश खत्री, सेभ चिल्ड्रेन प्रदेश १ र २ का वरिष्ठ परियोजना व्यवस्थापक हरिबोल बजगाई, विराट मेडिकल कलेजका प्रयोगशाला विज्ञ सन्तोष काफ्लेलगायतले बोलेका थिए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ